‘कबड्डी ३’ बाट उपासनालाई फाइदै फाइदा « Khabarhub

‘कबड्डी ३’ बाट उपासनालाई फाइदै फाइदा


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका उपासना सिंह ठकुरीले जम्मा २ वटा चलचित्रमा मात्र काम गरिन् । पहिलो डेब्यु चलचित्र ‘क्याप्टेन’ व्यावसायिक हिसाबले खासै चलेन । फिल्मले समीक्षा पनि राम्रो पाएन । अनमोल केसीसँग रोमान्स गर्ने मौका पाएकी उपासनाले भने तारिफ बटुलिन् । पहिलो फिल्मबाटै उनले कैयन् दर्शकको साथ पाइन् ।

चलचित्र ‘कबड्डी ३’ ले उपासनालाई ‘क्याप्टेन’ का दर्शकसँगभन्दा धेरै दर्शकसँग साक्षात्कार गराएको छ । चलचित्रमा उनले निभाएको भूमिकाले पनि उत्तिकै राम्रो प्रतिक्रिया पाइरहेको छ । जम्मा दुई फिल्ममा अभिनय गरेर पनि आफ्नो परिचय बनाएकी उपासनाले शूटिङका बेला खुबै दुःख बेहोर्नुपरेको बताउँछिन् । दिनमा कैयन् पटक पोशाक परिवर्तन गर्नुपर्दा वाक्कै भएको उनको भनाइ छ ।

शूटिङमा दुःख भए पनि उपासनाले भने यो फिल्मबाट खुबै तारिफ बटुलेकी छिन् । फिल्ममा पनि उनको काम देखिएको छ । उनले निभाएको काशीको भूमिकाले पनि उत्तिकै चर्चा पाएको छ । स्टारहरुको भीडमा पनि उपासनाले आफ्नो अभिनयका कारण थप चर्चा पाउनु उनको करिअरका लागि समेत फाइदा हो ।

आगामी दिनमा उनले आफ्नो फिल्मी करिअर कसरी अगाडि बढाउनेछिन्, त्यो भने हेर्न बाँकी छ । अहिले भने उपासना सम्भावना बोकेकी अभिनेत्रीको सूचीमा शीर्ष स्थानमा छिन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १२ : ०० बजे

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना