साउनको पहिलो सोमबार पशुपतिनाथ पुगे मन्त्री पाण्डे « Khabarhub

साउनको पहिलो सोमबार पशुपतिनाथ पुगे मन्त्री पाण्डे


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पशुपतिनाथ मन्दिरको अनुगमन गरेका छन् । 

धार्मिक आस्थाको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिने साउन महिनाको सोमबार विशेष गरी शिवभक्तहरूका लागि विशेष दिन मानिन्छ, र पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

अनुगमनका क्रममा मन्त्री पाण्डेले पशुपतिनाथ क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गरेका हुन् । उनले दर्शनार्थीसँग समेत कुराकानी गरे  । दर्शनार्थीहरुले पनि छोटो समयमा सहज र शान्तिपूर्ण रूपमा दर्शन गर्ने वातावरण मिलाइएकोप्रति मन्त्री पाण्डेको प्रशंसा गरे ।

‘यसपालिको साउनमा पहिलेभन्दा राम्रो व्यवस्था गरिएको छ,’ दर्शनार्थी सरु खरेलले भनिन्, ‘दर्शनका लागि सटल बस, लाइन व्यवस्थापन, सुरक्षालगायत सबै पक्ष व्यवस्थित देखियो, जसले अशक्त तथा जेष्ठ नागरिकलाई सहज भएको छ ।’

यस वर्षको साउनको पहिलो सोमबारको दिन दिउँसो २ बजेसम्म करिब एक लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरिसकेका छन् ।

भक्तजनको सहज आवागमनका लागि गौशाला र तिलगंगासम्म सटल बस सेवा सञ्चालनमा ल्याइएको छ, जसले पैदल यात्रुहरूलाई राहत दिएको छ ।

अनुगमनका क्रममा मन्त्री पाण्डेले शान्तिपूर्ण तथा अनुशासित रूपमा दर्शन गरिरहेका भक्तजनप्रति आभार प्रकट गर्दै आगामी दिनमा थप प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायहरूलाई सक्रिय रहन निर्देशन समेत दिएका थिए ।

साउन महिनाभरि प्रत्येक सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले सुरक्षा र व्यवस्थापन पक्षलाई अझ चुस्त बनाइने मन्त्रालयले जनाएको छ । 

यस्तै मन्त्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाउनु भएकाहरू सम्झनामा लगाइएको पितृमुक्ति ज्ञान माहायज्ञमा समेत सहभागी भएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ३ : २४ बजे

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो