युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति जरुरी : अध्यक्ष दाहाल « Khabarhub

युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति जरुरी : अध्यक्ष दाहाल


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली युवा पुस्तालाई कृषि क्षेत्रमा ल्यााउन राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

सोमबार आयोजित ‘प्रथम यः वा किसान मञ्चः युवा किसान व्याम्प तथा कृषि ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कृषिमा युवाको आकर्षण बढाउन सरकारले विभिन्न प्याकेजको व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

उनले कृषि क्षेत्रको विकास गरी आत्मनिर्भर बन्न शिक्षित, प्रविधिमैत्री र सचेत युवाहरूको कृषि कर्ममा सक्रिय सहभागिता अहिलेको आवश्यकता अनिवार्य भइसकेको बताए।

‘देशको समृद्धिको आधार कृषि हो भने किसान समृद्धिका आधारशिला हुन्’, अध्यक्ष दाहालले भने, ‘तर, आजसम्म पनि वास्तविक किसानहरूसँग जमिन नहुनु, सिँचाइ अभाव, मल, बीउ, बजारीकरण र न्यूनतम समर्थन मूल्यका चुनौती र समस्माहरू उस्तै छन् ।’

संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको मार्ग निर्देश गरेको भए पनि त्यससको मूल आधारका रूपमा रहेका किसानको जीवनमा राज्यले पर्याप्त ध्यान दिन नसकेको अध्यक्ष दाहालले टिप्पणी गरे। उनले कृषि क्षेत्रमा सामाजिक न्यायसहितको क्रान्तिको आवश्यकता औँल्याउँदै किसानलाई जमिनको स्वामित्व दिनुपर्ने, खाद्य सम्प्रभुता कायम गर्नुपर्ने र किसानका संवैधानिक हकहरू व्यवहारमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिए ।

उनले विगतका जनआन्दोलन, किसान आन्दोलन, जातीय, लैङ्गिक र वर्गीय सङ्घर्षको फलस्वरूप प्राप्त संविधानमा उल्लेख गरिएका अधिकारहरूको व्यावहारिक कार्यान्वयन जरूरी भएको बताए।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन’, अध्यक्ष दाहालले स्पष्ट पारे, ‘युवाहरूको सक्रियता र नेतृतविना कृषिको रूपान्तरण सम्भव छैन ।’

कृषि क्षेत्रमा विद्यमान समस्या र चुनौतीहरू उल्लेख गर्दै अध्यक्ष दाहालले सरकारले गर्नुपर्ने ठोस पहलका १३ वटा बुँदागत सुझाव प्रस्तुत गरे। जसमा भूमि ऐनलगायत आवश्यक कानुन निर्माण, मल–बीउको सहज आपूर्ति, कृषकका उत्पादनको बजार ग्झारेन्ट्री, रैथाने बालीको प्रवर्द्धन, विषादी नियन्त्रण, किसानलाई सहुलियत ऋण तथा अनुदानमा पहुँच, जलवायु परिवर्तनको असर न्यूनीकरणलगायत विषय समावेश छन् ।

कार्यक्रममा अध्यक्ष दाहालले कृषिमा आधारित नवप्रवर्तन, कृत्रिम बौद्धिकता र सूचना प्रविधिको उपयोगमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउँदै कृषि क्षेत्रलाई रोजगार सिर्जनाको प्रमुख स्रोत बनाउने खालको योजना आवश्यक रहेको धारणा राखे ।

कार्यक्रमको आयोजना राष्ट्रिय किसान सञ्जाल नेपाल र राष्ट्रिय कार्यान्वयन समितिले गरेका थिए । कार्यक्रममा देशभरिका एक सय बढी युवा किसानहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक नहेन्द्र खड्काले जानकारी दिए ।
 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ३ : ३० बजे

क्षेत्रीय शान्तिका लागि इरानको प्रस्तावमा कूटनीतिक छलफल तीव्र

तेहरान– इरानले आफ्नो १४ बुँदे युद्ध अन्त्यसम्बन्धी प्रस्तावमा संयुक्त राज्य

विश्व बैंकको ५२ मिलियन ऋण र ५ मिलियन अनुदान स्वीकार, भारतबाट ६० हजार मेट्रिक टन मल किन्ने

काठमाडौं– सरकारले भारतसँग जी टु जी माध्यमबाट ६० हजार मेट्रिक

दुईदिने सार्वजनिक बिदा : पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी– सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै

काठमाडौं– बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने

काठमाडौंका सरकारी अस्पतालमा बिरामीको चाप (तस्बिरहरू) 

काठमाडौं– सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार