नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस « Khabarhub

नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालय, बढुवा समिति सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस हुनेमा तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधी ज्ञवाली, दीपक पोखरेल, प्रवीण धिताल, राजीव बस्नेत, दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्रप्रसाद फुँयाल रहेका छन्।

उनीहरूलाई प्रहरी नियमावली, २०७१ को नियम (२७) को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य–सचिव, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 
 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : ०१ बजे

‘विश्व शक्ति चीन र भारततिर सर्दै गर्दा नेपालमा भू–राजनीतिक तानातानी बढ्यो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेपाल

रास्वपा केन्द्रीय समिति बैठकमा विधानमाथि छलफल जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक चितवनको भरतपुरमा बसिरहेको

रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध

काठमाडौं- आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत

चुरे बस्तीमा बाघ आतंक

महोत्तरी– महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतंक बढेको छ । जिल्लाको

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका