काठमाडौं – २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गतको खेलमा बंगलादेशसँग खेलिरहेको नेपाल ४–० ले पछि परेको छ ।
बंगलादेशको राजधानी ढाकाको बसुन्धरा किङ्स एरिनामा भइरहेको खेलको पहिलो हाफमा एक गोल गरेको बंगलादेशले दोस्रो हाफमा तीन गोल थपेको हो ।
घरेलु मैदानमा भइरहेको खेलमा बंगलादेशी टोलले सुरूवाती अग्रता लिएको छ । बंगलादेशका लागि चारै गाेल सागोरिकाले गरिन् । उनले खेलको आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।
बंगलादेशले यो प्रतियोगितामा अहिलेसम्म हारेको छैन । नेपाल प्रतियोगिताको दोस्रो खेलमै बंगलादेशसँग ३–२ को हार भोगेको थियो ।
शीर्ष स्थानमा रहेको बंगलादेशको ५ खेलबाट १५ अंकसहित फाइनलमा पुगेको हो। बंगलादेशलाई उपाधि हात पार्न बराबरी भए पुग्छ । तर उसले अग्रता नै बनाएको छ । समान खेलबाट १२ अंक जोडेको नेपाललाई जित्नै पर्ने दबाब छ ।यसअघि नेपालसँगको पहिलो खेलमा बंगलादेशले उत्कृष्ट खेल खेलको थियो ।
प्रतिक्रिया