धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ « Khabarhub

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण शंकर यादव घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सात लाख ३१ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

आयोगको महेन्द्रनगर कार्यालयबाट खटिएको विशेष टोलीले यादवलाई सोमबार दिउँसो डिभिजन वन कार्यालय धनगढीबाटै पक्राउ गरेको हो। पक्राउका क्रममा यादवको साथबाट घुसस्वरूप लिएको नगद ७ लाख ३१ हजार रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार यादवले सेवाग्राहीसँग मागेको रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान अघि बढाइएको आयोगले जानकारी दिएको छ।

यसअघि पनि विभिन्न पालिकामा कार्यरत कर्मचारीहरू घुससहित पक्राउ पर्ने क्रम बढिरहेका बेला वन क्षेत्रका एक उच्च अधिकृत नै यति ठूलो रकमसहित पक्राउ परिनुले सरकारी निकायभित्रको भ्रष्टाचारमाथि पुनः गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : ४१ बजे

उपल्लो मुस्ताङमा देखिए जंगली गधा

मुस्ताङ– नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू