धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ | Khabarhub Khabarhub

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण शंकर यादव घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सात लाख ३१ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

आयोगको महेन्द्रनगर कार्यालयबाट खटिएको विशेष टोलीले यादवलाई सोमबार दिउँसो डिभिजन वन कार्यालय धनगढीबाटै पक्राउ गरेको हो। पक्राउका क्रममा यादवको साथबाट घुसस्वरूप लिएको नगद ७ लाख ३१ हजार रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार यादवले सेवाग्राहीसँग मागेको रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान अघि बढाइएको आयोगले जानकारी दिएको छ।

यसअघि पनि विभिन्न पालिकामा कार्यरत कर्मचारीहरू घुससहित पक्राउ पर्ने क्रम बढिरहेका बेला वन क्षेत्रका एक उच्च अधिकृत नै यति ठूलो रकमसहित पक्राउ परिनुले सरकारी निकायभित्रको भ्रष्टाचारमाथि पुनः गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : ४१ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल साउन ६ गते मंगलबार। साउन

आज २०८२ साल साउन ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ६ गते मंगलबार। साउन

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका