बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका– ११ का ३१ वर्षीय राम अवतार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति खैरहनी नगरपालिका– १ शाहीचोकमा ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्री अवतारलाई ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति नै मृत्यु भएको हो । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : २६ बजे

रास्वपा केन्द्रीय समिति बैठकमा विधानमाथि छलफल जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक चितवनको भरतपुरमा बसिरहेको

रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध

काठमाडौं- आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत

चुरे बस्तीमा बाघ आतंक

महोत्तरी– महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतंक बढेको छ । जिल्लाको

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी