त्रियोग चेस सम्पन्न | Khabarhub Khabarhub

त्रियोग चेस सम्पन्न


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका करिब चार सय विद्यार्थीको सहभागिता रहेको थयो। प्रतियोगितामा दुई चरणमा सम्पन्न भएको थियो। पहिलो दिन छनोट चरणको खेल भएको थियो भने दोस्रो दिन फाइनल राउन्डका खेल भए।

प्रतियोगितामा कुल ८ स्पर्धा समावेश थिए। प्रतियोगितामा कक्षा १ देखि ३ सम्म युरो स्कुल, ४ र ५ तर्फ अन्नपूर्ण स्कुल, कक्षा ६ र ७ तर्फ निसर्ग बाटिका तथा कक्षा ८ देखि १० सम्म मनकामना स्कुल पहिलो भए। कक्षा १ देखि ३ छात्रामा युरोकी रुबेस्री चौलागाईं पहिलो, सोही विद्यालयकी आद्रिसी भट्टराई दोस्रो तथा अन्नपूर्णका रिहाना श्रेष्ठ तेस्रो भए।

छात्र तर्फ काठमाडौं गुरुकुलका सुनभ ओझा पहिलो, रातो बङ्गलाका शुभंग प्रधान दोस्रो तथा निस्टका कबिन सिंह रावत तेस्रो भए। कक्षा ४ र ५ छात्रामा फ्युचर स्टारका ग्लोसी श्रेष्ठ पहिलो, आइडब्लूएसकी अग्रता आचार्य दोस्रो तथा अन्नपूर्णकी तृष्टिना बस्नेत तेस्रो भए। छात्रतर्फ माछापुच्छ्रेका साहस श्रेष्ठ पहिलो, दिपज्योतीका मन्दिप आले मगर दोस्रो तथा ल्याब स्कुलका अङ्कुर पोखरेल तेस्रो भए।

छात्रा ६ र ७ मा मार्भलियसका निहाना श्रेष्ठ पहिलो, त्रियोगकी श्रीयश्री तुलाधर दोस्रो तथा विश्व निकेतनकी उज्भानी कर्णेल तेस्रो भए। छात्र तर्फ पुष्प सदनका हार्दिक पन्त पहिलो, निसर्ग बाटिकाका सात्त्विक मान तुलाधर दोस्रो तथा प्रसित खनाल तेस्रो भए।

कक्षा ८ देखि १० का छात्रामा मनकामनाकी प्रसियस अधिकारी पहिलो, मार्भलियसकी कृष्टी रिजाल दोस्रो तथा डिएभीकी प्रज्ञा पन्त तेस्रो भए। छात्र तर्फ पाठशालाका ओसकार पन्त पहिलो, पुष्प बाटिकाका स्प्रनमान श्रेष्ठ दोस्रो तथा मातृभूमिका सबिद प्रजापति तेस्रो भए।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : ५८ बजे

अर्थसंक्षेप : गत आवमा २ खर्ब ७७ अर्ब बढीको निर्यात, सरकारमाथि असन्तुष्ट वर्षमान र शेयर बजारमा उछाल

दुई तिहाइको सरकारले अर्थतन्त्र सुधार्न सकेन : वर्षमान पूर्व अर्थमन्त्री

‘असफाल्ट प्लान्ट’को प्रदूषणले बस्तीमा सास्ती

सिरहा– यहाँको धनगढीमाई नगरपालिका–३ बनौलीमा ‘बजरङ्गबली कन्स्ट्रक्सन’द्वारा सञ्चालित सडक निर्माणमा

मन्त्रीको दाबी- सुधार हुँदैछ वीरको स्थिति : सेवाग्राही भन्छन्- टिकट काट्ने लाइनमै बेथिति

काठमाडौं– टाउको दुखाइको समस्या लिएर वीर अस्पताल पुगेकी एक सेवाग्राही

देशभर मनाइयो ४३ औँ बीपी स्मृति दिवस

काठमाडौं– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवस

फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली

पोखरा– पोखराको फेवाताल केवल पर्यटकीय आकर्षणको मात्र होइन सामाजिक, सांस्कृतिक