मधेसमा पानीको समस्या समाधान गर्न संघीयमन्त्रीहरू बीच छलफल | Khabarhub Khabarhub

मधेसमा पानीको समस्या समाधान गर्न संघीयमन्त्रीहरू बीच छलफल


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय चार मन्त्रीबीच छलफल भएको छ ।

वर्षाको समयमा मधेस प्रदेशका आठ जिल्लामा पानी अत्यन्त कम परेकाले खानेपानी तथा सिँचाइको अभाव भएपछि उक्त समस्या समाधान गर्न सोमबार कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीको पहलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कानून तथा संसदीय मामिलामन्त्री अजय चौरासिया र खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवबीच छलफल भएको हो ।

ऊर्जा मन्त्रालयमा भएको बैठकमा चारवटै मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो ।

बैठकमा मन्त्री अधिकारीले मधेस प्रदेशमा अत्यन्त कम वर्षा हुँदा रोपाइँ हुन नसकेको सन्दर्भमा अध्ययन गर्न टोली परिचालन गरिएको जानकारी दिए । उनले टोलीले दिएको सुझावका आधारमा मन्त्रालयले थप काम गर्ने बताए ।

बैठकले मधेशमा खानेपानीको समस्यासमेत रहेको जनाउँदै त्यसको अध्ययन गर्नका लागि चारवटै मन्त्रालयका सहसचिवको प्रतिनिधित्व रहनेगरी एक कार्यदल गठन गरेको छ ।

उक्त कार्यदलले तत्काल समस्या पहिचान गरी शीघ्र समाधानका उपाय खोज्ने जनाइएको छ । छलफलमा जलस्रोत तथा सिँचाइसचिव सरिता दवाडीले तराईका जम्मा ५० प्रतिशत हाराहारीमा मात्र सिँचाइ सुविधा पुगेको बताइन् । उनले सिँचाइ र खानेपानीका लागि भूमिगत पानी नै उत्तम उपाय भएको उल्लेख गरिन् ।

बैठकमा मन्त्री अधिकारीले किसानका समस्या समाधान गर्न सरकारले उच्च प्राथमिता दिएको हुँदा यसका लागि चारमन्त्रालयबीच थप समन्वय आवश्यक रहेको बताए ।

ऊर्जामन्त्री खड्काले चाँडोभन्दा चाँडो जनतालाई खानेपानी र सिँचाइको सुविधा पुर्‍याउन सरकार लागिरेहको बताउँदै सबै मन्त्रालयबीच समन्वय गरेर चाँडो काम सम्पन्न गर्न लाग्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ९ : ०१ बजे

निजामती विधेयकमा कुलिङ पिरियड हटाउन खोजे सरकार टिक्दैन : काङ्ग्रेस महामन्त्री शर्मा

भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती सेवा विधेयकको

अपाङ्गता भएका चिनियाँ बालबालिकाको शिक्षामा उल्लेखनीय प्रगति

एजेन्सी – चीनमा अपाङ्गता भएका बालबालिका र किशोरकिशोरीहरूको अनिवार्य शिक्षामा

माधव ढुंगेलको सुझाव : पूर्वराष्ट्रपतिलाई विवादित नबनाऔँ, उच्च सम्मानसहित भूमिका दिऊँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी

सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण 

राजविराज– सप्तरीमा  खानेपानीको अभाव भएपछि प्रदेश सरकारले दमकल-ट्यांकरमार्फत खानेपानी वितरण