एआईको दुरुपयोग न्यूनीकरण गर्न ‘अनलाइन टिभी एआई आचारसंहिता’ जारी « Khabarhub

एआईको दुरुपयोग न्यूनीकरण गर्न ‘अनलाइन टिभी एआई आचारसंहिता’ जारी


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एआईको दुरुपयोग न्यूनीकरण गर्न र एआईको समुचित प्रयोगलाई प्रोत्साहन गर्न अनलाइन टिभी पत्रकार संघले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ सोमबार जारी गरिएको छ ।

नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी गरिएको संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए । घोषणा गरिएका आचार संहितामा १२ बुँदा उल्लेख छन् ।

एआईको प्रयोग अनलाइन टिभीमा अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचारसंहिताको आवश्यक भएको अध्यक्ष भण्डारीले बताए ।

संघले जारी गरेको आचारसंहितामा प्रस्तावित राष्ट्रिय एआई नीति–२०८१ का मर्म र उद्देश्यलाई मध्यनजर गर्दै एआई आचारसंहिता जारी गरिएको उल्लेख छ । अनलाइन टिभी पत्रकार संघले यसअघि २०७७ सालमा अनलाइन टिभी स्वनियमन निर्देशिका जारी गरेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : २८ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ