शेयर बजार सात अंकको गिरावट « Khabarhub

शेयर बजार सात अंकको गिरावट


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा मंगलबार पनि शेयरको मूल्यमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव १७ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५६ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५६ विन्दुले घटेर २३४ दशमलव २२ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६५ कम्पनीको छ लाख ५३ हजार २८ कित्ता शेयर कारोवार भए । तर कारोवार रकम भने सोमबारको तुलनामा कम भएको छ । स्टकका अनुसार आज रु १६ करोड ५६ लाख ७२ हजार २५८ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका दश उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । बैंकिङ चार दशमलव छ, होटल २६ दशमलव ९४, विकास बैंक चार दशमलव ७२, जलविद्युत् छ दशमलव ४७, वित्त दुई दशमलव ६५, निर्जीवन बीमा ४५ दशमलव ०२, उत्पादन २१ दशमलव पाँच, अन्य सात दशमलव ७६, लघुवित्त १४ दशमलव ३३ र जीवन बीमा ३१ दशमलव २४ विन्दुले घटेको छ ।

घटेको बजारमा नेशनल हाइड्रोपावरका शेयरधनीले तीन दशमलव ३३, पूर्णिमा विकास बैंक दुई दशमलव ६७, गुर्खाज फाइनान्स लिमिटेड एक दशमलव ९८, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले एक दशमलव ९० प्रतिशतले कमाएका छन् ।

यस्तै जोशी हाइड्रोपावरका शेयरधनीले सात दशमलव ८५, नाडेप लघुवित्त वित्तीय संस्था तीन दशमलव ९६, हिमालयन डिस्ट्रिलरीका शेयरधनीले तीन दशमलव ९२ र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले तीन दशमलव ७७ प्रतिशतले कमाएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ४ : ३० बजे

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी

अमेरिकी एफ-३५ लडाकु जेटमा इरानी सेनाको निशाना, क्षतिग्रस्त भएपछि आपतकालीन अवतरण

तेहरान- युद्धका बीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले

मर्मतपछि यस्तो देखियो जेन-जीका नाममा जलाइएको कांग्रेसको बैठक हल (तस्बिरहरू)

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको

गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी

गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस बैठक

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको