‘स्वतन्त्र व्यापार सम्झौताले भारत र बेलायत दुबै मुलुक लाभान्वित’ « Khabarhub

‘स्वतन्त्र व्यापार सम्झौताले भारत र बेलायत दुबै मुलुक लाभान्वित’


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एशियाका लागि बेलायतकी व्यापार उपायुक्त एन्ना शोटबोल्टले भारत र बेलायतबीचको स्वतन्त्र व्यापार सम्झौताले दुबै मुलुकलाई लाभ मिलेको बताएकी छिन् । राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उनले स्वतन्त्र व्यापार सम्झौताबाट दुबै मुलुकको अर्थतन्त्रमा सकारात्मक परिवर्तन आएको बताएकी हुन् ।

उनले यस सम्झौताबाट दुई मुलुकबीचको व्यापार हरेक वर्ष २५ अर्ब ५० करोड युरोले बढ्ने बताइन् । भारतीय समाचार संस्था एएनआईका अनुसार सम्झौतामा द्विपक्षीय व्यापारमा भारी भन्सार महशुल कटौतीको व्यवस्था रहेको उनले बताइन् ।

उनका अनुसार सम्झौतामा दुई मुलुकबीच कारोबार हुने ९० प्रतिशत वस्तु तथा सेवामा भन्सार शुल्क कटौतीको व्यवस्था गरिएको छ । उनले यस सम्झौतामा बौद्धिक सम्पत्तिको संरक्षणजस्ता विषय पनि समावेश रहेकाले यसले सिर्जनशील कम्पनीलाई पनि लाभ मिल्ने बताइन् ।

तीन वर्षको वार्तापछि गत मे ६ मा भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो । यसलाई भारतले हस्ताक्षर गरेको महत्वपूर्ण व्यापार सम्झौता मानिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ४९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार