बैंक ह्याकिङ प्रकरण : कृषि विकास बैंक लहान शाखाका कर्मचारी पक्राउ « Khabarhub

बैंक ह्याकिङ प्रकरण : कृषि विकास बैंक लहान शाखाका कर्मचारी पक्राउ


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंक ह्याकिङ काण्डमा बैंकको लहान शाखाका कर्जा शाखा प्रमुख सुनीलकुमार साहलाई पक्राउ गरिएको छ ।

४ करोड ७३ लाख ९६ हजार रुपैयाँ लुटिएको प्रकरणमा कर्जा शाखाका साहलाई प्रहरीले अनुसन्धानका लागि लहानबाट आइतबार पक्राउ गरेको हो । बैंककै कर्मचारीको संलग्नता हुनसक्ने भन्दै उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको स्रोतले बतायो ।

बैंकको रकम कर्मचारीकै युजर आइडीबाट लुटिएको पाइएपछि उनी शंकाको घेरामा तानिएका हुन् । लहान शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्याकरले लुटेको तथ्य खुलेको थियो ।

यसअघि प्रहरीले गत शुक्रबार महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याललाई पक्राउ गरेको थियो । योसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

कृषि विकास बैंकबाट ह्याकरले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ५ : ०६ बजे

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

एजेन्सी– इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण