मर्स्याङ्दीमा अटोरिक्सा खस्दा ६ जना घाइते | Khabarhub Khabarhub

मर्स्याङ्दीमा अटोरिक्सा खस्दा ६ जना घाइते


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडकखण्डमा आज अटोरिक्सा मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन् । 

बेँसीसहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको गप्र ००४००१ ह २८५ नम्बरको अटोरिक्सा बेँसीसहर-६  खरखरे भीरबाट मर्स्याङ्दीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिए

गोरखाको आरुघाट गाउँपालिका–१ की ४५ वर्षीया स्यानुमाया गुरुङ, ३५ वर्षीया अञ्जली गुरुङ, ४८ वर्षीया धनकुमारी गुरुङ र ४० वर्षीया शिलादेवी गुरुङ तथा नुवाकोटको तादी गाउँपालिका-२ की ४५ वर्षीया सुस्मिता तामाङ र अटोरिक्सा चालक मस्र्याङ्दी-४ का ३० वर्षीय टोपबहादुर लामा घाइते भएका छन् । 

स्यानुमाया गुरुङ र  सुस्मिता तामाङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको प्रहरी नायब उपरीक्षक बोहराले बताए। अन्य घाइतेको बेँसीसहर-८ स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।  

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ७ : ४४ बजे

काभ्रेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

काभ्रे– पनौती नगरपालिका-३, बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा

विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादीमा समाहित

‍काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गुल्मी–काठमाडौं

‘तान्सेन खानेपानी व्यवस्थापनमा स्थानीय सहभागिता, प्रतिबद्धता र पारदर्शिता अत्यन्तै अनुकरणीय’

तान्सेन– खानेपानीमन्त्री प्रदीप यादवले भौगोलिक कठिनाइ र स्रोतहरूको सीमितताका बाबजुद पनि

शेयरबजार सुधार खाका : कार्यान्वयन भए स्थायित्व र पारदर्शी युगमा प्रवेश

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का

फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ७ जना अझै बेपत्ता

मनिला- फिलिपिन्समा गत साता यता लगातार भएको भीषण वर्षा, बाढी