सुख्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री, उजाड देखिए मधेशका खेतबारी (तस्बिरहरू) | Khabarhub Khabarhub

सुख्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री, उजाड देखिए मधेशका खेतबारी (तस्बिरहरू)


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार खडेरी र सुख्खाको मारमा रहेको मधेश प्रदेशका खेती क्षेत्र अवलोकनका लागि पुगेका छन् । उनी महोत्तरी र बारा जिल्ला पुगेर खडेरीले सताएका क्षेत्र अवलकोनका साथै विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौं र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ’, उनले शुक्रबार बिहान भनेका थिए ।

उनी नेपाली सेनाको हेलिकप्टरबाट मधेश पुगेका हुन् । उनको साथमा भौतिकमन्त्री देवेन्द्र दाहाल, श्रममन्त्री शरतसिंह भण्डारी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसमेत छन् ।

लामो समयदेखि पानी नपर्दा सुक्खा र खडेरीले मधेशका किसान समस्यामा परेका छन् । पानीको कमीले खानेपानी र सिँचाइ प्रणालीमा प्रभाव परेको छ ।

नेपालको अन्नभण्डार तराई-मधेशमा मनसुन भित्रिएको डेढ महिना हुँदा पनि किसानले धान रोप्न पाएका छैनन् । धान रोपिएका खेत पनि पानी नहुँदा धाँजा फाटेका छन् । इनार र ट्युबेलसमेत सुकेका छन् ।

नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिनाको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।

तस्बिरहरू : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ६ : ३४ बजे

मधेश सङ्‍कट बारे गृहमन्त्री : वैकल्पिक स्रोतहरुको पहिचान गरी वैज्ञानिक वितरणको व्यवस्था मिलाइने

काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेशका प्रमुख जिल्ला अधिकारीहरुलाई पानीको

प्रेमी पर्खेको ‘रानीसैन’

धनगढी- प्रकृति पनि रानी जस्तै हुन्छ त ? अनि रानी

पारावत महाविहार संरक्षण समाजलाई प्राचीन सम्पदा हस्तान्तरण

काठमाडौं– राष्ट्रिय सङ्ग्रहालयले अमेरिकाबाट फिर्ता ल्याइएका तीन वटा प्राचीन सम्पदा (कलाकृति)

सिरहामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

सिरहा– जिल्लाको नवराजपुर गाउँपालिका-४ कुसण्डीबाट एक भारतीय नागरिकलाई गोली प्रहार

‘युवालाई दुर्व्यसनमुक्त बनाउन आध्यात्मिक मार्गदर्शनको आवश्यकता छ’

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान युवा पुस्तालाई दुर्व्यसन,