रुटको सनसनीपूर्ण ब्याटिङले चौथो टेस्टमा भारतविरुद्ध इंग्ल्यान्डको पकड | Khabarhub Khabarhub

रुटको सनसनीपूर्ण ब्याटिङले चौथो टेस्टमा भारतविरुद्ध इंग्ल्यान्डको पकड


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जोए रुटको १५० रनसहित थुप्रै कीर्तिमानको ओइरो लागेपछि भारतविरुद्ध घरेलु टोली इंग्ल्यान्डले चौथो टेस्टमा पकड राखेको छ। भारतले बनाएको ३५८ रनको जवाफमा ब्याटिङ गरेको इंग्ल्यान्डले शुक्रबार चौथो दिनको खेल सकिँदा ७ विकेटको क्षतिमा ५४४ रन जोडेको छ।

इंग्ल्यान्डका लागि रुटले १५० रन जोडे। ज्याक्रोली ८४, बेन डकेट ९४, ओलिप पोप ७१ तथा कप्तान बेन स्टोक्स ७७ रन जोड्न सफल भएका छन्। ६६ रनमा रिटायर्ड हर्ट भएका स्टोक्सपछि विकेट गिरेपछि फेरि फर्किएका हुन्। स्टोक्स अविजित नै छन्।

यस टेस्ट भन्दा अघि सबै भन्दा धेरै टेस्ट रन प्रहार गर्ने खेलाडीको सूचीमा पाँचौँ स्थानमा रहेको रुट सोही १५० रन सहित राहुल द्रविड, जयाक्स कालिस र रिक्की पोन्टिङलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएका छन्। पहिलो स्थानमा भने भारतका स्टार सचिन तेन्दुलकर नै छन्।

३८ शतक प्रहार गरेका उनी सबै भन्दा धेरै शतक प्रहार गर्ने खेलाडीको सूचीमा श्रीलङ्काका कुमार सांगकारासँगै संयुक्त रूपमा चौथो स्थानमा छन्।

सबै भन्दा धेरै शतक प्रहार गरेका तेन्दुलकरको नाममा ५१, कालिसको नाममा ४५ तथा पोन्टिङको नाममा ४१ टेस्ट शतक छ। दुई दिन बाँकी रहँदा इङ्गल्यान्डले पहिलो पारीमा १८६ रनको अग्रता लिइसकेको छ। इंग्ल्यान्डको टोलीका लागि जितको सम्भावना समेत देखिएको छ। शृङ्खलामा घरेलु टोली अहिलेसम्म २-१ ले अघि छ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ६ : ३५ बजे

आजका समाचार : सडकमा निस्किए विप्लव, साथ नदिनेसँग बदला लिँदै माधव, कांग्रेशमा महाधिवेशन विवाद सुल्झिएन र आरसीबीलाई बेच्ने तयारी

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी

नेपाल-भारत स्टार्टअप पार्टनरसीप नेटवर्कसम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं– यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल

‘चीनले समुद्री विवादबारे भ्रमपूर्ण भनाइको दृढतापूर्वक प्रतिरोध गर्छ’

बेइजिङ– चीनले समुद्री विवादसम्बनधी झूटा भनाइहरू फैलाउने र चीनमाथि आधारहीन

राष्ट्रपति पौडेलको भ्रमण फलदायी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध