रोशी छिचोलेर कुशेश्वर महादेव पुग्नै मुश्किल (तस्बिरहरू) | Khabarhub Khabarhub

रोशी छिचोलेर कुशेश्वर महादेव पुग्नै मुश्किल (तस्बिरहरू)


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सुनकोशी र रोशी खोलाको दोभानमा अवस्थित हिन्दूहरूको प्रसिद्ध धार्मिक क्षेत्र कुशेश्वर महादेव मन्दिर दर्शन गर्न यो वर्ष कठिनाइ भइरहेको छ।

गत वर्ष असोज १२ गते रोशी खोलामा आएको बाढीले ह्युमपाइप बगाएपछि दर्शनार्थीलाई मन्दिरसम्म जान कठिनाइ भएको हो।

हिमवत पुराणको नेपाल महात्म्यमा उल्लेख भएअनुसार यो क्षेत्रमा कौशिक ऋषीले तपस्या गरेका थिए।

कुशेश्वर मन्दिरकै पारीपट्टि सुनकोशीको किनारमा ऋषि विश्वामित्रले तपस्या गरेको स्थान समेत रहेको छ। यहीँबाट गायत्री मन्त्रको उत्पत्ति भएको शिव पुराणमा उल्लेख रहेको पाइन्छ।

पहिला रोशी खोलामा ह्युमपाइप राखेर गाडी लगायत पैदल यात्रीलाई मन्दिरसम्म जाने ब्यवस्था मिलाइएको थियो।

तर गत बर्षको बाढीले ह्युमपाइप बगाएपछि अहिले मन्दिर दर्शन गर्न रोशी तरेर जानुको विकल्प छैन। सानो पानी पर्दा पनि रोशीको बहाव बढ्ने हुँदा अहिले मन्दिरमा दर्शनार्थी घटेका छन् ।

गत वर्षको बाढीले सुनकोशी नदि माथी बनेको पक्की पुलसमेत बगाएपछि अहिले यहाँबाट मध्यपहाडी राजमार्ग हुँदै रामेछापको खाँडादेवी, दोरम्बा र शैलुङ्ग जाने सडक यातायात पनि बन्द छ।

पुल भत्काएसँगै अहिले यहाँका बासिन्दाहरूलाई रामेछाप जान करिब १५ किलोमिटर तल मूलकोट पुग्नुपर्ने बाध्यता छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ११ : ४३ बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति