रोशी छिचोलेर कुशेश्वर महादेव पुग्नै मुश्किल (तस्बिरहरू) « Khabarhub

रोशी छिचोलेर कुशेश्वर महादेव पुग्नै मुश्किल (तस्बिरहरू)


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सुनकोशी र रोशी खोलाको दोभानमा अवस्थित हिन्दूहरूको प्रसिद्ध धार्मिक क्षेत्र कुशेश्वर महादेव मन्दिर दर्शन गर्न यो वर्ष कठिनाइ भइरहेको छ।

गत वर्ष असोज १२ गते रोशी खोलामा आएको बाढीले ह्युमपाइप बगाएपछि दर्शनार्थीलाई मन्दिरसम्म जान कठिनाइ भएको हो।

हिमवत पुराणको नेपाल महात्म्यमा उल्लेख भएअनुसार यो क्षेत्रमा कौशिक ऋषीले तपस्या गरेका थिए।

कुशेश्वर मन्दिरकै पारीपट्टि सुनकोशीको किनारमा ऋषि विश्वामित्रले तपस्या गरेको स्थान समेत रहेको छ। यहीँबाट गायत्री मन्त्रको उत्पत्ति भएको शिव पुराणमा उल्लेख रहेको पाइन्छ।

पहिला रोशी खोलामा ह्युमपाइप राखेर गाडी लगायत पैदल यात्रीलाई मन्दिरसम्म जाने ब्यवस्था मिलाइएको थियो।

तर गत बर्षको बाढीले ह्युमपाइप बगाएपछि अहिले मन्दिर दर्शन गर्न रोशी तरेर जानुको विकल्प छैन। सानो पानी पर्दा पनि रोशीको बहाव बढ्ने हुँदा अहिले मन्दिरमा दर्शनार्थी घटेका छन् ।

गत वर्षको बाढीले सुनकोशी नदि माथी बनेको पक्की पुलसमेत बगाएपछि अहिले यहाँबाट मध्यपहाडी राजमार्ग हुँदै रामेछापको खाँडादेवी, दोरम्बा र शैलुङ्ग जाने सडक यातायात पनि बन्द छ।

पुल भत्काएसँगै अहिले यहाँका बासिन्दाहरूलाई रामेछाप जान करिब १५ किलोमिटर तल मूलकोट पुग्नुपर्ने बाध्यता छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ११ : ४३ बजे

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ

बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि !

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले