मधेसमा पानीको हाहाकार, टोलटोलमा ट्यांकरबाट बाँडिदै (तस्बिरहरू) | Khabarhub Khabarhub

मधेसमा पानीको हाहाकार, टोलटोलमा ट्यांकरबाट बाँडिदै (तस्बिरहरू)


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस प्रदेश अहिले सुक्खाले ग्रस्त छ । वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन भने खानेपानी अभाव पनि उत्तिकै छ । तराईमा पानीका स्रोत भनेका कुवा, इनार र चापाकल हुन् । यी तीनवटै परम्परागत प्रणाली बेकामे बन्दा पानी सङ्कट चुलिएको हो ।

खानेपानीको सङ्कट टार्न स्थानीय र प्रदेश सरकारले दमकल र ट्याङ्करबाट बस्तीबस्तीमा पानी बाँड्न थाले पनि त्यो त्यति प्रभावकारी भएको छैन ।

जसमध्ये महोत्तरी जिल्लाका विभिन्न नगरपालिकाका गाउँहरूमा खानेपानीको चरम अभाव देखिएको छ । जिल्लाको मनराशिसवा नगरपालिकामा रहेका दश वटा वडाका स्थानीयले अहिले खानेपानीको सङ्कट भोगिरहेका छन् ।

उक्त नगरपालिकाको वडा नम्बर १ मा अवस्थित चौरिया टोलका सबै चापाकल, इनार, कुवा सुक्दा स्थानीयहरू नगरपालिकाले वितरण गरेको ट्याङ्करको पानीको भरमा दैनिकी चलाउनु परेको स्थानीय राम प्रवेश महराले बताए । चापाकलमा पानी आउँदैन पानी पिउन खाना पकाउन पालिकाले बाँडेको पानीमा भर पर्नु परेको उनले सुनाए ।

कहिलेकाँही त पानी ल्याउने ट्याङ्कर रातिको ११–१२ बजे तिर आउँछ, फेरि त्यति बेला उठेर पानी भर्न पर्छ स्थानीय गगनदेव यादवले सुनाए ।

सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको जनता माध्यमिक विद्यालय क्षेत्र भित्रको डिपबोरिङ स्थानीयको लागि खुल्ला गरिँदा स्थानीयले केही राहत महसुस गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ११ : १३ बजे

महेश बस्नेतले भने- पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउँछौँ

काठमाडौं– नेकपा एमालेका युवा नेताहरूले पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउने

नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेना सवार

असोज २ गतेबाट नेप्सेमा सेयर कारोबार हुने

काठमाडौं– असोज २ गतेबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर

अर्थमन्त्री खनालले पुँजीबजारमा बिचौलियाको नेटवर्क भत्काउलान्‌ ?

काठमाडौँ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अर्थमन्त्री नियुक्त रामेश्वर

सरकारले निजी क्षेत्र लक्षित इन्टिग्रेटेड बिजनेस रिकभरी योजना ल्याउने

काठमाडौं– सरकारले निजी क्षेत्र लक्षित गरेर इन्टिग्रेटेड बिजनेस रिकभरी प्लान