बाढीले टिमुरे भन्सारमा क्षति : धर्मकाटा बगायो | Khabarhub Khabarhub

बाढीले टिमुरे भन्सारमा क्षति : धर्मकाटा बगायो


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा भारी वर्षापछि ल्हेन्दे खोलामा आएको बाढीले रसुवाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गोसाइकुण्ड गाउँपालिका २ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति गरेको हो । बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको छ।

‘बिहान अन्दाजी २ बजेको समयमा रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका २ ल्हेन्दे खोलामा चीनतर्फबाट पानीको बहाव बढेर बाढी आएको र उक्त बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको छ’, प्राधिकरणले सूचना सार्वजनिक गर्दै भनेको छ ।

अहिले पनि बाढीको सतह उच्च नै रहेकोले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरिएको छ। खोलामा माछा मार्न जाने, बाढीमा बगेर आएका काठ दाउरा टिप्न जानेजस्ता कार्य नगर्न प्राधिकरणले सबैलाई आग्रहसमेत गरेको छ ।

तिब्बतमा वर्षाले त्रिशूली ठूलो बाढी, तटीय क्षेत्रमा सचेत हुन आग्रह

तस्बिरः सामाजिक सञ्जाल

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : ५४ बजे

सिसुवाखोलामा पक्की पुल

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको सिसुवाखोलामा निर्माण सम्पन्न भएको ४५

तेहरानमा पानी सङ्कटः खानेपानीको खपत कम गर्न राष्ट्रपतिको आग्रह

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेस्कियानले पानीको खपत नरोकिए केही

ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

ताप्लेजुङ – तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकप यही साउन २४ गतेदेखि

क्यानाडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिँदा अमेरिका र इजरायल क्रुद्ध

काठमाडौं– इजरायलमाथि दबाब बढाउन फ्रान्स र बेलायतपछि क्यानाडाले पनि प्यालेस्टाइनलाई