ट्रम्पका लागि समस्या बन्दै गाजा र युक्रेन « Khabarhub

ट्रम्पका लागि समस्या बन्दै गाजा र युक्रेन


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

निजी ल फर्मलाई आफू अनुकूल चल्न बाध्य पार्नु, आप्रवासीमाथि कठोर नीति लागुगर्नु तथा विश्वविद्यालय आफ्नो आइडोलोजी अनुसार चल्नुले ट्रम्प कार्यकालको पहिलो ६ महिना विजेताको रूपमा प्रस्तुत भए। यत्ति मात्र होइन, संसदमा उनले गरेका धेरै निर्णय विवादमा आए। ती विवादका बाबजुद ट्रम्प आफ्नो कुरामा अडिग रहँदै आफूले चाहेअनुसारकै व्यक्तिलाई नियुक्ति दिए।

२० जनवरीमा दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएपछि ट्रम्पका धेरै निर्णय विवादमा आए। ती धेरै नियुक्तिलाई उनले अनुमोदन गराए। उनी दक्षिणको सीमामा लिएको कठोर नीतिमा पनि सफल भए।

आन्तरिक राजनीति मात्र होइन विदेशी नीतिमा पनि ट्रम्प त्यत्तिकै सफल भए। संसारका विभिन्न गम्भीर युद्ध रोक्ने भूमिकामासमेत ट्रम्प अगाडि देखिए। भारत र पाकिस्तानबीच सीमामा चार दिन झडप भएपछि ट्रम्पले सामाजिक सञ्जालमा युद्ध विराम भएको घोषणा गरेको केही मिनेटपछि नै भारत र पाकिस्तान दुवै देशका नेताले आफू युद्ध विरामका लागि तयार भएको घोषणा गरेका थिए।

संसारलाई पहिलो थर्काउने र पछि आफूले वार्तामार्फत आफ्नो अनुकूल निर्णय गराउने उनको नीति सफल देखिन्छ। योक्रम बेलायत, जापान, भियतनाम, बेलायत र युरोपेली युनियनसम्म कायम छ। उनको यो प्रयास पूर्ण रूपमा भने सफल अझै भइसकेको छैन। बेन्जामिन नेतान्याहुले उनको कुरा नसुन्नु सबै भन्दा टाउको दुखाइको विषय बनेको छ। एकातर्फ विश्व समुदायले गाजामा ज्यादती भएको जनाइ रहेको छ भने अर्को तर्फ नेतान्याहु आफ्नो कुरामा अडिग छन्। गाजामा राहत लिन लाइनमा बस्नेदेखि पानी थापिरहेकासमेत मारिएका छन्। नेतान्याहुले भने लगातार हमासमाथि आक्रमण गरिएको रटान लगाइरहेका छन्।

ट्रम्पको असफलता रुस युक्रेनमा युद्धमा पनि देखियो। त्यत्तिमा सीमित छैन। २० जनवरीका दिन आफू दोस्रो कार्यकालका लागि पदमा आसिन हुने बित्तिकै ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग राम्रो सम्बन्ध रहेको तथा आफू निर्वाचित हुने बित्तिकै रुस र युक्रेन बिचको युद्ध तत्काल अन्त्य हुने घोषणा गरेका थिए।

यसै राता राष्ट्रपति ट्रम्प आफ्नी आमाको पुरातात्त्विक गृह नगर स्कटल्यान्ड पुगे। संयोग मान्नु पर्छ सोमबार स्कटल्यान्डमा नै स्टेइमर ट्रम्पको पाहुना बनेर त्यहाँ पुगेका थिए। यसको एक दिन अघि मात्र युरोपेली युनियनका प्रमुख उरुस्ला भान डेर लेयनसँग ट्रम्पले भेट वार्ता गरेका थिए।

राष्ट्रपति ट्रम्पको बेलायत भ्रमण यस्तो समयमा भएको हो की संसारको राजनीति तरङ्गित छ। यसै तरङ्गित राजनीतिमा अमेरिकाको भूमिकाको विषयमा व्याख्या भइरहेको छ। घर भित्रको सवालमा ट्रम्पले आफूलाई विजयी ठान्ने आधार धेरै रहन सक्छन्। तर पनि उनको ‘मेक अमेरिका ग्रेट एगेन’ को नारा अनुसार अमेरिका अघि बढी रहेको छ या छैन भन्ने एउटा बहस हुनसक्छ। तथापि उनले बारम्बार आफ्नो योजनाले अमेरिकाले पैसा थुपार्ने तथा एक दिन अमेरिकीका लागि पैसा कसरी खर्च गरूँ भन्ने दिन आउन सक्ने बताएका छन्। यसका उनी अडिग देखिएका छन्।

अहिले ट्रम्पका लागि शक्ति परीक्षणका लागि नयाँ टाउको दुखाइ गाजा बनेको छ। गाजामा बालबालिका भोकै मरेको दृश्य सार्वजनिक भएपछि यसले ट्रम्पलाई पनि छोएको थियो। उनले राखेको अभिव्यक्तिले नेतान्याहुलाई फिटिक्कै असर गरेन। उनले त गाजामा कुपोषणको समस्या नै नभएको बताए।

ट्रम्पको हृदयलाई अहिले साँच्चै गाजाका बालकको दर्दनाक दृश्यले पोलेको छ। यस अवस्थामा नेतान्याहुले बारम्बार अटेर गरेमा उनको अबको कदम के हुने भन्ने सबैका लागि प्रतीक्षाको विषय बनेको छ।

ट्रम्पको कार्यकालमा नै य्एसएडको रकम बन्द भएको छ। यो फेरि सुचारु गरेर गाजाका बालकको जीवन रक्षाका लागि त्यसलाई लगाउने उपाय पनि ट्रम्पसँग नभएको होइन।

ट्रम्पको निराशाको कारण बन्दै गरेका रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले बारम्बार अटेर गरे पछि यसपछि ५० दिने अल्टिमेटम दिएका ट्रम्पले रुसलाई युद्ध विरामका लागि १० देखि १२ दिनको अल्टिमेटम दिएका छन्। यस बिचमा ट्रम्पले रुसले अटेर गरेमा ऊसँग व्यापारिक साझेदारी गर्ने देशबाट अमेरिकाका जाने सामानमा १०० प्रतिशत कर लगाउने घोषणा गरेका हुन्।

अहिले अमेरिकाका लागि युक्रेन टाउको दुखाइको विषय बनेको छ। लगातार युक्रेनलाई सहयोग जारी राख्नु समस्या हो। बिच बाटोमा युक्रेनलाई छाड्नु पनि अमेरिकाका लागि उपयुक्त होइन। यसै समयमा रुससँगको सम्बन्ध अझ खराब बन्ने सम्भावना देखिएको समयमा उनले चीनसँग वार्ता अघि बढाएका हुन्।

युरोपेली युनियनसँग ट्रम्पको सम्झौता दुवै पक्षका लागि अति आवश्यक हो। यस बिचमा अमेरिका जाने सामानमा १५ प्रतिशत कर सहितको सम्झौतामा युरोपेली युनियन तयार भएको हो। नाटोको रक्षा खर्च ५ प्रतिशतले मात्र बढाउने नीतिमा उनी सफल भएका छन्।

अमेरिकासँग अहिले धेरै चुनौती छन्। व्यापार र आर्थिक विषय त अमेरिकाका लागि प्राथमिकताका विषय हुन्। तर, यो विषय मात्र अमेरिकाका सबै विषय होइन। दोस्रो विश्व युद्धपछि सुरु भएको नयाँ समीकरण अनुसार केही देशसँगको सम्बन्ध सुमधुर राख्नु पनि ट्रम्पका लागि आवश्यक छ। कतै सेप्टेम्बर ११ को जस्तो घटना फेरि भएमा केही साझेदारहरूको साथ अमेरिकालाई आवश्यक हुनसक्छ। यी सबै कुरा व्यवस्थित गर्न अहिले गाजा र युक्रेन ट्रम्पका मुख्य समस्या बनेका छन्।
स्रोतः बिबिसी, सिएनएन, अल जजिरा

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ८ : २५ बजे

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा