मन्त्रिपरिषद् हेरफेरको तयारी, कांग्रेस नेतृत्वसँग छलफल सकेर निर्णय लिइने « Khabarhub

मन्त्रिपरिषद् हेरफेरको तयारी, कांग्रेस नेतृत्वसँग छलफल सकेर निर्णय लिइने

जसपा र लोसपाले पनि नयाँ नाम पठाउँदै


१५ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सात दलीय गठबन्धन सरकार बनेको एक वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन तयारी गरेका छन् ।

उनले मन्त्रिपरिषद्मा फेरबदलका लागि अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा संवाद गरिरहेका छन् ।

गठबन्धन दलका सबै मन्त्रीहरू हेरफेर गर्ने गरि ओलीले कांग्रेससहितका दलसँग संवाद थालेका हुन् । बालुवाटारमा जारी छलफलमा कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् ।

एमालेबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमालल सहभागी छन् । महान्ययाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी छन् ।

तर विवाद हुने डरले कांग्रेसले मन्त्री हेरफेरका लागि आफूलाई तयार बनाइनसकेको स्रोतले जनाएको छ । यता एमालेले विवादमा मुछिएकासहित आधाजसो मन्त्री फेर्ने तयारी गरिरहेको छ।

सात दलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीले पनि मन्त्रीहरू फेर्ने तयारी अघि बढाएका छ्न्। अशोक राई नेतृत्वको जसपाबाट अहिले प्रदीप यादव खानेपानी मन्त्री र नवलकिशोर साह सुडी महिला बालबालिका तथा ज्येष्ठ नागरिकको भूमिकामा छन् । उता महन्थ ठाकुर नेतृत्वको लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री छन् । उनी २२ औँ पटक मन्त्री पदमा आशिन भएका नेता हुन् ।

स्रोतका अनुसार अशोक राई नेतृत्वको जसपाले खानेपानी मन्त्री यादवलाई फिर्ता बोलाएर प्रतिनिधिसभाका प्रमुख सचेतक डा. वीरेन्द्रप्रसाद महतो र महिला मन्त्री सुडीको स्थानमा रञ्जु झालाई पठाउने तयारी गरेको छ ।

उता लोसपाबाट अध्यक्ष ठाकुरले भण्डारीलाई फिर्ता गरेर सर्वेन्द्रनाथ शुक्ललाई मन्त्री बनाउने तयारी गरेका छन् । यसबारेमा उनले प्रधानमन्त्री ओलीसँग संवाद पनि गरिसकेको उनको सचिवालयले जनाएको छ। अध्यक्ष ठाकुरले शुक्लको नामसहितको पत्र बालुवाटार पठाउने तयारी गरेको सचिवालयका एक सदस्यले जानकारी दिए ।

उता कांग्रेसबाट पनि केही मन्त्री हेरफेरको कोसिस भइरहेको छ। स्रोतका अनुसार यसअघि नै कांग्रेसबाट परराष्ट्रमन्त्री डा. आरजु देउवा र गृहमन्त्री रमेश लेखकलाई कायमै राखेर अन्यलाई फिर्ता बोलाउने गरि छलफल भएको थियो ।

तर कांग्रेसमा नेता शेखर कोइरालासँग सभापति देउवाको कलह बढिरहेको अवस्थामा मन्त्री हेरफेरले झन् विवाद बढ्ने डर बूढानीलकण्ठलाई छ । त्यहीकारण कांग्रेस मन्त्री हेरफेरको निर्णयमा पुगिसकेको छैन।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  १ : ५० बजे

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब