तेहरानमा पानी सङ्कटः खानेपानीको खपत कम गर्न राष्ट्रपतिको आग्रह « Khabarhub

तेहरानमा पानी सङ्कटः खानेपानीको खपत कम गर्न राष्ट्रपतिको आग्रह


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेस्कियानले पानीको खपत नरोकिए केही महिनाभित्रै राजधानी तेहरानमा रहेका बाँधहरू सुक्न सक्ने चेतावनी दिएका छन् ।

‘यदि तेहरानमा हामीले स्थितिलाई व्यवस्थापन गर्न सकेनौँ, तेहरानबासीले हामीलाई सहयोग गरेनन् र हामी उपभोग नियन्त्रण गर्न असफल भयौं भने हाम्रो बाँधमा कुनै पानी बाँकी रहनेछैन,’ पेजेस्कियानले उत्तर–पश्चिमी शहर जान्जानको भ्रमणको क्रममा भने ।

राष्ट्रपतिले फारसी क्यालेन्डर अनुसार शरद ऋतुको पहिलो महिना अक्टुबरसम्ममा विद्यालयहरू खुल्ने र वर्षायाम सुरु हुनुअगावै पानीको माग बढ्ने भएकाले बाँधमा रहेको पानीको भण्डारण घट्न सक्ने बताए ।

इरानको सरकारी समाचार संस्था इर्नाले सार्वजनिक गरेको इन्फोग्राफिकका अनुसार तेहरानलाई खानेपानी सेवा दिने जलाशयको क्षमताको २० प्रतिशत मात्र भण्डारण बाँकी छ । राष्ट्रिय स्तरमा औसत जलाशयको सतह ४४ प्रतिशत मात्र छ ।

तेहरान प्रान्तीय जल आपूर्ति कम्पनीका अनुसार शहरलाई आपूर्ति गर्ने जलाशयहरूको स्तर ‘एक शताब्दीको सबैभन्दा कम’ अवस्थामा झरेको छ ।

अधिकारीहरूले आपूर्तिमा हुने अवरोधको सामना गर्न स्थानीय बासिन्दालाई पानीको ट्याङ्की र पम्पहरू जडान गर्न र पानीको संरषण गर्न आग्रह गरेका छन्।

धेरै घरधुरीले हालैका हप्ताहरूमा बारम्बार खानेपानीको आपूर्तिमा समस्या भएको जनाएका छन् ।

इरानी सञ्चारमाध्यमले भने घरायसी पानीको प्रयोगमा सरकारको ध्यान केन्द्रित भएकोमा प्रश्न उठाएका छन् ।

सुधारवादी दैनिक शार्गले आइतबार लेखेको छ, “देशको लगभग ८६.५ प्रतिशत जलस्रोत कृषिमा खपत हुन्छ । अधिकारीहरूले पानीको अभावको कारण देखाउँदै गलत तरिकाले घरेलु उपभोक्ताहरूमाथि औंला उठाएका छन्।”

पानीको स्रोतको अभावको औपचारिक घोषणा नगरिए पनि देशभर दैनिक कम्तीमा दुई घण्टा विद्युत् कटौती भइरहेको छ ।

ग्रिडमाथिको दबाब कम गर्न केही क्षेत्रमा दिनमा एक पटकभन्दा बढी विद्युत् अवरुद्ध हुने गरेको अधिकारीहरूले स्वीकारेका छन् ।

गत हप्ता तेहरानलाई आपूर्ति गर्ने प्रमुख पानीका स्रोतमध्ये एक करज बाँधका निर्देशक मोहम्मद अली मोलेमले मेहर न्यूज एजेन्सीसँग भने, “हाइड्रोइलेक्ट्रिक प्लान्ट हाल सञ्चालनमा छ । अर्को दुई हप्ताभित्र पानीको स्तर यस्तो बिन्दुमा झर्नेछ कि यसबाट बिजुली उत्पादन सम्भव हुनेछैन।”

गत महिना इजरायलसँगको १२ दिने युद्धको प्रभाव इरानले अझै पनि सामना गरिरहेको अवस्थाले यो अभावमा भूमिका खेलेको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ८ : ३३ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद