वाग्मतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न « Khabarhub

वाग्मतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वाग्मती– सहरी विकास तथा भवन कार्यालय मकवानपुरद्वारा वाग्मती प्रदेशमा सञ्चालित अधिकांश बहुवर्षीय योजना सम्पन्न भएका छन् । हेटौँडा उपमहानगरपालिका–१० मा वाग्मती प्रदेशसभा भवन पूरा हस्तान्तरणको क्रममा छभने हेटौँडा उपमहानगरपालिका–२ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन पनि तयार भएको छ ।  

बहुवर्षीय योजनाअन्तर्गत चितवनमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका भवन पनि पूरा भएका छन् । चितवनकै राप्ती–४ मा ‘इको टुरिजम पार्क’ तयार भएको छ । 

हेटौँडा उपमहानगरपालिका–१ मा अस्पताल भवन तीव्र गतिमा बनिरहेको छ । सहरी विकास तथा भवन कार्यालयका अनुसार भवनको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ । 

उक्त कार्यालय प्रमुख सुबोध अधिकारीका अनुसार वाग्मती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आवका लागि हेटौँडा उपमहानगरपालिकास्थित अड्डा मार्गमा पदयात्री मार्ग निर्माण, हेटौँडा उपमहानगरपालिका–१० मा ‘स्टिट्र फुड पार्क’, चितवनमा कृषि विकास कार्यालयको भवन निर्माण सम्झौता भएको छ ।  

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : ४३ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ