म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार | Khabarhub Khabarhub

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मालिका गाउँपालिका–२ मा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट ३३८ परिवार लाभान्वित भएका छन् । 

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोग तथा उपभोक्ताहरूको श्रमदानमा खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना निर्माण भएको हो । 

कूल रु एक करोड ७१ लाख ७१ हजार ८५१ को लागतमा निर्माण भएका योजनाबाट ३३८ वटा धाराबाट घरघरमा खानेपानी वितरण गरिएको मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताए । 

खानेपानी योजना निर्माणमा नेवाले ८० लाख ७० हजार २१० र मालिका गाउँपालिकाले रु ४२ लाख ९१ हजार ९० लगानी गरेका छन्भने उपभोक्ताहरुले रु ४७ लाख नौ हजार सात सय ५१ बराबरको श्रमदान गरेका थिए । 

मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा आर्थिक वर्ष २०८१-०८२ मा सात वटा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माण भएका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। 

वडा नम्बर १ निस्कोटमा एक सय २५ र वडा नं। ३ को डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ दुई सय २५ घरपरिवार, पात्लेका एक सय २२ र लुम्पीपारका ५३ परिवार लाभान्वित भएका उनले बताए । 
 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ८ : १९ बजे

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकारमाथि छानबिन सुरु

वाशिङ्टन – राष्ट्रपति ट्रम्पविरुद्ध दुई वटा अभियोग लगाउने कुराको नेतृत्व

जयसवालको शतक र दीपको ब्याटिङले इंग्ल्यान्डविरुद्ध भारत बलियो

काठमाडौं – भारतले इंग्ल्यान्डसँगको पाँचौँ टेस्टमा कमब्याक गर्दै जितको सम्भावना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन १८ गते आइतबार। साउन