गाजामा २४ घण्टामा १११ जना मारिए : अमेरिकी दूतको भ्रमणपछि युद्ध विरामको सम्भावना | Khabarhub Khabarhub

गाजामा २४ घण्टामा १११ जना मारिए : अमेरिकी दूतको भ्रमणपछि युद्ध विरामको सम्भावना


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफले गाजाको भ्रमण गर्ने भएका छन्। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटका अनुसार इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबे र उनले सँगै शुक्रबार गाजाको भ्रमण गर्ने छन्। लेभिटले अहिले इजरायलमा रहेका विटकोफले त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग गरेको वार्ता उपलब्धिमूलक भएको बताएकी छिन्।

बिहीबार गाजाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १११ जना मारिएका छन्। यसमा ९१ जना राहतको खोजीमा रहेको समयमा मारिएका हुन्।

बुधबार उत्तरी गाजामा खाने कुरा लिन लाइनमा बसिरहेको समयमा आक्रमण हुँदा एकै पटक ५० प्यालेस्टाइनी मरिएका थिए भने चार सय जना घाइते भएका छन्। खान लिएर लरी आइपुगेपछि त्यहाँ झुम्मिने गरेको भीडलाई लक्षित गर्दै आक्रमण गरेको जनाइएको छ।

इजरायलले भने बन्दी रिहाइ र युद्ध विराममा थप पहल नभए अझ कडा कारबाही गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अहिले गाजामा मान्छे मर्नेक्रम रोक्ने सबै भन्दा सही उपाय नै हमासले बन्दी रिहाइ गर्नुका साथै आत्मसमर्पण गर्नु भनेको कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ८ : ३७ बजे

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी

अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते, एक गम्भीर

किमाथांका– यहाँको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना

अपाङ्गता भएका महिलाको क्षेत्रमा कानून सुधार गर्न कानून व्यवसायीकै माग

काठमाडौं – अपाङ्गता भएका महिला र किशोरीका सन्दर्भमा नेपालको संविधान

इरानको सुरक्षा व्यवस्थामा सुधार, ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

तेहरान– इरानले आफ्नो नयाँ प्रशासनिक व्यवस्थाको भागको रूपमा ‘रक्षा परिषद्’