गाजामा २४ घण्टामा १११ जना मारिए : अमेरिकी दूतको भ्रमणपछि युद्ध विरामको सम्भावना « Khabarhub

गाजामा २४ घण्टामा १११ जना मारिए : अमेरिकी दूतको भ्रमणपछि युद्ध विरामको सम्भावना


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफले गाजाको भ्रमण गर्ने भएका छन्। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटका अनुसार इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबे र उनले सँगै शुक्रबार गाजाको भ्रमण गर्ने छन्। लेभिटले अहिले इजरायलमा रहेका विटकोफले त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग गरेको वार्ता उपलब्धिमूलक भएको बताएकी छिन्।

बिहीबार गाजाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १११ जना मारिएका छन्। यसमा ९१ जना राहतको खोजीमा रहेको समयमा मारिएका हुन्।

बुधबार उत्तरी गाजामा खाने कुरा लिन लाइनमा बसिरहेको समयमा आक्रमण हुँदा एकै पटक ५० प्यालेस्टाइनी मरिएका थिए भने चार सय जना घाइते भएका छन्। खान लिएर लरी आइपुगेपछि त्यहाँ झुम्मिने गरेको भीडलाई लक्षित गर्दै आक्रमण गरेको जनाइएको छ।

इजरायलले भने बन्दी रिहाइ र युद्ध विराममा थप पहल नभए अझ कडा कारबाही गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अहिले गाजामा मान्छे मर्नेक्रम रोक्ने सबै भन्दा सही उपाय नै हमासले बन्दी रिहाइ गर्नुका साथै आत्मसमर्पण गर्नु भनेको कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ८ : ३७ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ