‘कोदो उत्पादनका लागि कृषकलाई प्रोत्साहन र जमिन बाँझो नराख्ने नीति चाहिन्छ’ | Khabarhub Khabarhub

‘कोदो उत्पादनका लागि कृषकलाई प्रोत्साहन र जमिन बाँझो नराख्ने नीति चाहिन्छ’


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

टक्सार- ‘कोदोजन्य परिकारको आधार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ नेपालमा राष्ट्रिय कोदो दिवस मनाउन सुरु गरिएको छ । 

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्ने, उत्पादन तथा उत्पादकत्व बढाउने, यसको महत्त्व प्रचारप्रसार गर्ने उद्देश्यसहित पहिलो पटक आज राष्ट्रिय कोदो दिवस मनाउन थालेको हो । 

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनबाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रूपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कृषिसँग सम्बन्धित निकायहरूको जिकिर छ । 

पहाडी जिल्ला भोजपुरमा भने सरोकार भएका तथा कृषकले दिवस घोषणाले मात्र सार्थकता नपाउने भन्दै कोदो बालीलाई प्रोत्साहन गर्ने कार्यक्रमसहित जमिन बाँझो नराख्ने नीति आवश्यक रहेको बताएका छन् । 

कृषक राजेश विष्टले सरकारले किसानलाई प्रोत्साहन गर्ने  र जमिन बाँझो नराख्ने नीति लिनुपर्ने बताए । ‘प्रविधिको अधिकतम प्रयोग गरी लागत घटाउने, उत्पादन बढाउने नीति जरुरी छ । कोदो र यसको प्रयोग बढाउन खाद्य उद्योग निर्माणमा पनि सरकारले ध्यान दिनुपर्छ’, उनले भने ।  

कृषक तथा भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधान कोदोले खाद्य सङ्कट पनि टार्ने भएकाले यसको उत्पादनमा जोड दिनुपर्ने र त्यसका लागि पालिकाले कोदो उत्पादन र भण्डार कार्यक्रम ल्याउनुपर्ने बताए । उत्पादनमा प्रोत्साहन, मूल्य निर्धारण गर्दै बजारको ग्यारेन्टी, प्रविधिमैत्री खेतीलगायत कार्यक्रमका लागि सरोकार भएकाहरू बीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । 

खाद्यका लागि कृषि अभियान नेपालका संयोजक उद्धव अधिकारीले कोदो मुख्य खाद्यान्न बालीमध्ये चौथो नम्बरमा पर्ने भएकाले नेपालले यसको उत्पादनमा लगानी गर्न आवश्यक रहेको बताए  ।

उनले भने, ‘हाम्रो देशको तराईदेखि तीन हजार मिटरको उचाइसम्म उत्पादन हुने यो बाली पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्त्वपूर्ण छ । कोदो भण्डारण गर्न सकिएमा खाद्यान्न सङ्कटको समस्या पनि समाधान हुनेछ’, उनले भने ।  

संयोजक अधिकारी कोदोमा क्याल्सियम, आइरन, प्रोटिन, खनिजलगायतका पौष्टिकताले युक्त औषधीय गुण भएकाले बालबालिका, गर्भवती, मधुमेह, रक्तचापलगायत बिरामीका लागि निकै उपयोगी रहेको बताउँछन् । 

भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक सुरेन्द्र कार्कीले खाद्यान्नमा आत्मनिर्भर बनाउन, खाद्य सुरक्षा, पोषणमा सहयोगजस्ता कारणले पनि कोदोको महत्त्व रहेको बताए । कोदोजन्य परिकारहरूमा आधुनिकीकरण गर्दे यस बालीप्रतिको सामाजिक र सांस्कृतिक दृष्टिकोणमा परिवर्तन गर्न लाग्नुपर्ने उनको सुझाव छ । 

सुक्खा ठाउँमा पनि लगाउन सकिने र अन्य बालीमा जस्तो पानी पनि नचाहिने भएकाले कृषकका लागि कोदो बाली उपयोगी हुने कृषक रमेश श्रेष्ठको बुझाइ छ । 
 
मुटुरोग, स्वासप्रस्वास, पाचन प्रणाली, क्यान्सरलगायत रोग प्रतिरोधात्मक क्षमता पनि भएको विभिन्न अनुसन्धानले देखाएकाले विगतमा गरिबको खाना भनेर हेयले हेरिने यो बाली अचेल सहरबजारमा लोकप्रिय बन्दै गएको छ । रासस

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : ५६ बजे

पुवा खोलामा बेलिब्रिज , ३६ किमी दुरी छोटियो

फिक्कल– इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी