रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : मन्त्री खड्का « Khabarhub

रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : मन्त्री खड्का


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई जलविद्युत्को केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी २० दिने तालिमको उद्घाटन समारोहमा शुक्रबार उनले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा रहेकाले यिनको यसबाट स्थानीय युवाले लाभ लिनुपर्ने बताए । 

मन्त्री खड्काले आयोजनाको दीर्घकालीन लाभ र सफलताका लागि प्राविधिक सीप हासिल गरेका स्थानीय युवाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताए । 

‘जलविद्युत्को सम्भावनासहितको जिल्लामा सीप विकासमार्फत युवालाई आत्मनिर्भर र आर्थिक रूपले सबल बनाउँदै रोजगारी सृजना गर्नु आजको आवश्यकता हो । सीप विकास रोजगारीको आधार मात्रै होइन, आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि हो’, उनले भने । 

ऊर्जामन्त्री खड्काले खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गर्ने योजना रहेको जनाउँदै स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय क्षेत्रका मिस्त्रीजस्ता विभिन्न शाखाका तालिम सञ्चालन गरिने जानकारी दिए ।

खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले तालिमले युवामा आशा, सम्भावना र आत्मनिर्भरताको भावना जागृत गर्ने भएकाले नगरपालिकाले यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  २ : ०५ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ