कक्षा कोठामै विद्यार्थीको स्वास्थ्य परीक्षण « Khabarhub

कक्षा कोठामै विद्यार्थीको स्वास्थ्य परीक्षण


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- कञ्चनपुरका तीन पालिकाका सामुदायिक विद्यालयमा कक्षा कोठामै विद्यार्थीको स्वास्थ्य परीक्षण हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत कञ्चनपुरका तीन स्थानीय तहमा कक्षा कोठामै विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण हुने गरेको हो । 

बलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनमा आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश जोशीले जानकारी दिए ।

‘विद्यालयमा विद्यार्थीको स्वास्थ्य परिक्षणसँगै सचेतनामूलक कक्षा समेत सञ्चालन गर्दै आएका छौँ’, उनले भने, ‘यसका लागि एक पालिकामा एक जना स्टाफ नर्स खटिएका छन् ।’ 

उनले विद्यालयमा विद्यार्थीको प्राथमिक उपचार र स्वस्थकर खानपिन शिक्षा लगायतका विषयमा कक्षा समेत सञ्चालन हुने गरेको बताए । 

उक्त कार्यक्रम अन्तर्गत लालझाडी गाउँपालिकामा खटिएकी स्टाफ नर्स निधि धामीले कक्षा कोठामा विद्यार्थीको आँखा जाँच, दाँतको परीक्षण र प्राथमिक उपचार तथा सचेतनामूलक कक्षा सञ्चालन गर्ने गरेको बताइन् । 

‘६ महिनामा एक पटक रक्तअल्पता, ऐनिमिया र प्राथमिक उपचार गर्ने गरेको छु’, स्टाफ नर्स धामीले भनिन्, ‘उपचार बाहेक विद्यार्थीलाई पोषण सम्बन्धी ज्ञान, महिनावारी, वातावरण सरसफाइ, व्यक्तिगत सरसफाइ, मानसिक स्वास्थ्य, लागूऔषध र यौन तथा यौनिकताबारे सचेतना कक्षा सञ्चालन हुन्छन् ।’ यसबाट विद्यार्थीमा सकारात्मक प्रभाव देखिएको उनले बताइन् ।

‘विद्यार्थीले खुलेर आफ्ना समस्या राख्ने गरेका छन्’, स्टाफ नर्स धामीले भनिन्, ‘प्राथमिक उपचार यहीँ हुन्छ, जाँचका क्रममा ठूलो समस्या देखिए उपचारका लागि पठाउँछौ ।’ 

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी जयदेव महराले उक्त कार्यक्रम अन्तर्गत प्रदेशका २८ विद्यालयमा स्टाफ नर्स खटिएका बताए। 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  २ : ४४ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका