अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ « Khabarhub

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताएका छन् ।  

काठमाडौंमा शुक्रबार कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारको प्रशस्त सम्भावना रहेको बताए । सूचना प्रविधिको क्षेत्रमा भएको विकासले विभिन्न देश धेरै अगाडि पुगेका उनको भनाइ थियो ।

‘नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र सूचना प्रविधिको संरचनाको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको छ’, सञ्चारमन्त्री गुरुङले भने । 

सूचना प्रविधिको क्षेत्रमै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सृजनशील युवाका लागि नेपालमै रोजगार पाउने अवसर बिस्तारै राज्यले निर्माण गर्ने उनले विश्वास दिलाए । 

‘यो वर्ष हामी सूचना प्रविधि सम्बन्धी संरचना निर्माण गर्नेदेखि फोर जी घर घर पुर्‍याउने र फाइभ जी लञ्च गर्ने भएका छौँ’, नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भने, ‘अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै हो ।’

कार्यक्रममा क्यानका अध्यक्ष सुनैना घिमिरेले युवाले सूचना प्रविधिका माध्यमबाट नवीन कार्य सुरु गरेर स्वदेशमै रोजगारका प्रशस्तै अवसर प्राप्त गरिरहेका उदाहरण दिए । ‘मेहनत गर्ने र सूचना प्रविधि सम्बन्धी ज्ञान राख्नेलाई आयआर्जन गर्न दुःख छैन’, उनले भने, ‘क्यानले यस्ता युवालाई सहयोग र प्रोत्साहनसमेत गर्दै आएको छ ।’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) का सचिव डा रविन्द्रप्रसाद ढकालका अनुसार देशमा इञ्जिनियरको खाँचो छ । ‘यहाँ पढेर विदेश जाने युवा बढ्दै गर्दा मुलुक कसले समृद्धितर्फ लैजान्छ ? भन्ने चिन्ताको विषय बन्दै छ’, उनले भने । 

सचिव डा ढकालले युवा विदेश पलायन हुनु राज्यले सही वातावरण स्वदेशमा दिन नसक्नुको परिणाम रहेको बताए । यद्यपि सूचना प्रविधिको विकासले पछिल्लो समय स्वदेशमै बसेर सिर्जनात्मक कार्य गर्ने आशा लाग्दा युवा पनि रहेको उनले सुनाए । 

‘सूचना प्रविधिमार्फत युवा स्वदेशमै टिकाउन सकिने आधारहरु छन्, तर त्यसका लागि उपयुक्त काम गर्ने वातावरण राज्यले महसुस गराउन सक्नुपर्छ’, सचिव डा ढाकालले भने । दुई दिनसम्म चल्ने उक्त प्रदर्शनीमा युवाले बनाएका सूचना प्रविधि सम्बन्धी विभिन्न नवीन कामका नमुना प्रदर्शन गरिएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ३ : ०४ बजे

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा

मेयरमा पराजितलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको जिम्मा दिएकोमा प्राध्यापकको आपत्ति 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा काठमाडौंको मेयरमा पराजित किशोर

सातामा ३.८९ अंकले बढ्यो नेप्से, दैनिक कारोबार ४ अर्ब पुग्न सकेन

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार बनेदेखि तर्सिएको सेयर बजार