सञ्चारमन्त्री गुरुङले भने– वि क्यान डु इन नेपाल « Khabarhub

सञ्चारमन्त्री गुरुङले भने– वि क्यान डु इन नेपाल


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमै बसेर केही गर्न सक्ने वातावरण बनाउन सरकारलाई बारम्बार दबाब दिइरहनुपर्ने बताएका छन् ।

कान्तिपुर सिटी कलेजद्वारा आयोजित केसीसी एक्जिबिटको अवसरमा बोल्दै मन्त्री गुरुङले नेपालमै केही गर्न सक्ने र नेपालमै केही गर्नुपर्छ भन्ने सोच राखेर सूचना प्रविधि क्षेत्रको विकासमा लाग्नु पर्ने बताए ।

‘हामी नेपालमा केही गर्न सक्छौं । नेपालमै केही गर्नुपर्छ । हामीले नै गर्नुपर्छ । मान्छे चाहिँ के हुन्छ भने.. भागेर समस्या समाधान कहीँ हुँदैन । कोही अमेरिकातिर जाने, कोही कहीँतिर जाने ‘वन्ली इन्डिभिजुअल’ का लागि गइरहेको हुन्छ,’ सञ्चारमन्त्री गुरुङले भने, ‘हामी इन्डिभिजुअल मात्रै होइन, हामी सोसाइटीको एउटा अङ्ग पनि हो । सभ्यताको एउटा अङ्ग पनि हो । कल्चरको एउटा अङ्ग पनि हो । हामीले यही कल्चरलाई, यही सोसाइटीलाई यही सभ्यतालाई निर्माण गर्नुपर्छ, बचाउनुपर्छ । र, हामी यहीँ बसेर काम गर्नुपर्छ ।’

युवाले सरकारलाई देशमै काम गर्ने वातावरण बनाउन दबाब दिनुपर्ने बताउँदै मन्त्री गुरुङले सरकार कमजोर अवस्थामा रहेको र धेरै कुरा बुझ्न नसक्ने रहेको बताए ।

‘त्यस्तो इन्भाइरोन्मेन्ट बनाउनुपर्छ भनेर तपाईंले गमर्नमेन्टलाई दबाब दिइरहनुपर्छ । भनी रहनुपर्छ,’ मन्त्री गुरुङले भने, ‘हाम्रो गभर्नमेन्ट त यस्तै त हो नि धेरै कमजोर छ । उसले धेरै कुरा बुझ्दैन । त्यस्तो ठाउँमा लगेर कन्ट्रीसिप इन्भाइरोन्मेन्ट.. डेभ्लोपमेन्ट अफ आईटी सेक्टर बनाउन सकियो भने धेरै विकास हुन्छ ।’

मन्त्री गुरुङले मुलुक धेरै पछि परिसकेको बताए । उनले सूचनमा प्रविधिको विकासमा अघि बढ्न आवश्यक रहेको बताए । उनले भने, ‘हामी धेरै पछाडि परिसकेका छौं । त्यसैले आईटीको विकासमा जनशक्तिको विकासमा केसीसीले सहयोग पुर्याएको छ ।’

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ३ : २६ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)