नेपालमा पहिलो पटक फिटनेस एक्स्पो हुने, खर्च ७० लाख « Khabarhub

नेपालमा पहिलो पटक फिटनेस एक्स्पो हुने, खर्च ७० लाख


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ’नेपाल फिटनेस एक्स्पो, २०८२’ आयोजना हुने भएको छ । 

फिटनेसलाई शिक्षाको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले क्लासिक फिटनेस एकेडेमीले यो एक्स्पो आयोजना गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । यसको व्यवस्थापन रिंगल इभेन्टले गर्नेछ ।

आगामी भदौ १४ गते होटेल मल्लमा हुने यस एक्स्पोमा ७० लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको क्लासिक फिटनेस एकेडेमी नेपालका संस्थापक निर्देशक रोजल शाहीले जानकारी दिए । 

एक्स्पोमा भारत, मलेसिया लगायतका एसियाली मुलुकका प्रसिद्ध फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । 

एक्स्पो फिटनेससम्बन्धी सामग्री र सेवाहरूको प्रदर्शनी मात्र नभई व्यावसायिक सञ्जाल विस्तार गर्ने एक महत्त्वपूर्ण प्लेटफर्म भएको एकेडेमीका संस्थापक शाहीले बताए । एक्सपोको मुख्य उद्देश्य नेपाली फिटनेस उद्योगलाई व्यावसायिक रूपमा बलियो बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको शाहीको भनाई छ ।

एक्स्पोमा ब्रान्ड प्रदर्शनी, पोषण, उपकरण, पोशाक, र स्वास्थ्यसम्बन्धी सेवाहरू उपलब्ध हुनेछन्। साथै, फिटनेस अवार्ड शो पनि आयोजना गरिनेछ, जसमा ’राइजिङ एथलेटिक’, ’बेस्ट एथलेटिक’, ’बेस्ट कोच’, र ’लाइफटाइम एचिभमेन्ट’ गरी चार विधामा सम्मान प्रदान गरिने सम्मेलनमा जानकारी दिएको छ ।

यस कार्यक्रममा राजेश शाही, महेश्वर महर्जन, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ जस्ता नेपाली फिटनेस आइकन र अन्य अन्तर्राष्ट्रिय सेलिब्रेटीहरू पनि सहभागी हुने आयोजकले जानकारी दिएको छ । 

एक्स्पो नयाँ जिम सेन्टर खोल्ने, ट्रेनर बन्ने, र सप्लिमेन्टको व्यापार गर्न चाहनेहरूका लागि नेटवर्किङ र व्यवसायका अवसरहरू सिर्जना गर्ने एक ठूलो मौका हुने आयोजकको भनाई छ ।

एक्स्पोमा निःशुल्क प्रवेश रहेको छ भने आउने सहभागीलाई हात खाली नहुने गिफ्ट पनि रहेको आयोजकको भनाई छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ४ : १८ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ