आश्रित मानवलाई कोदो उपहार दिएर मनाइयो ‘कोदो दिवस’ | Khabarhub Khabarhub

आश्रित मानवलाई कोदो उपहार दिएर मनाइयो ‘कोदो दिवस’


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित मानवसेवा आश्रमलाई कोदो उपहार दिएर ‘प्रथम राष्ट्रिय कोदो दिवस’ मनाइएको छ । 

‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज यहाँ कार्यक्रम आयोजना गरी त्यहाँ आश्रित ९५ जनाका लागि कोदो, कागुनोसहितका खाद्य उपहार दिएको हो ।

दिवसका अवसरमा मन्त्रालयका कायममुकायम सचिव परशुराम रावतले दिवसले नेपालमा धान, गहुँ, मकैपछि चौथो महत्त्वपूर्ण खाद्य बालीका रूपमा रहेको कोदोजन्य बालीले आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्रमा ठूलो योगदान पुर्‍याएको बताए । 

उनले खाद्यान्न बालीको सात दशमलव नौ प्रतिशत, उत्पादनको तीन दशमलव तीन प्रतिशत हिस्सा ओगट्ने कोदोजन्य बाली तराई, पहाड र हिमालमा क्रमशः तीन, ७८ र १० प्रतिशत क्षेत्रफलमा खेती हुने गरेको बताए । 

सचिव रावतले कर्णालीका हुम्ला र मुगु जिल्लामा कोदो प्रथम र जुम्लामा दोस्रो खाद्य बालीका रूपमा रहेको जानकारी दिए ।

उनले प्रदेशमा खाद्य सुरक्षाका दृष्टिकोणले २८ हजार ३६५ मेट्रिकटन खाद्यान्न बचत रहेको भए पनि डोल्पा, मुगु, हुम्ला र कालीकोटमा २२ हजार ६७३ मेट्रिकटन खाद्यान्न अपुग देखिएको तथ्याङ्क प्रस्तुत गरे । 

मानव सेवा आश्रम कर्णाली प्रदेशका संयोजक सङ्गीता गौतमले प्रदेश सरकारले दिवसलाई मानव सेवासँग जोडेर कार्यक्रम गरेकामा धन्यवाद ज्ञापन गरिन् । ‘कोदो, कागुनो र चिनो सबै यहाँका अर्ग्यानिक अनाज हुन् । यसले आश्रित मानवहरूको पौष्टिक आहारमा सहयोग पुग्ने आशा गरेको छु’, उनले भनिन् । 
 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : १९ बजे

औचित्य सावित गर्न नसके हाम्रो विद्रोह स्वतः गलत सावित हुनेछ : झलनाथ खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले औचित्य सावित

नेपाल तरुण दल काभ्रेले सुरु गर्‍यो पूर्णकालीन सदस्यताको फाराम वितरण

काभ्रे– नेपाली कांग्रेसको निकट भातृ संगठन नेपाल तरुण दल काभ्रेले

भूमिसम्बन्धी विधेयक फिर्ता लिन मधेशवादी दलहरुको माग

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय मुक्ति पार्टी

कोदोप्रति किसानको आकर्षण, बाजुराबाट वर्ष दिनमै ५० लाख रुपैयाँको निर्यात

धनगढी – कोदो प्रतिको दृष्टीकोण नफेरिए पनि यहाँका किसानका लागि

कांग्रेसको गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान कार्यक्रम आयोजना

 काठमाडौं– नेपाली कांग्रेसको गुल्मी–काठमाडौं सम्पर्क समितिले रक्तदान कार्यक्रम आयोजना गरेको