माओवादीले लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोस्रो सातापछि सुरु गर्ने « Khabarhub

माओवादीले लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोस्रो सातापछि सुरु गर्ने


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोस्रो सातापछि पुन सुरु गर्ने तयारी गरेको छ ।  

पार्टी कार्यालय पेरिसडाडामा शुक्रबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पोखरामा पुगेर रोकिएको अभियानलाई भाद्र दोस्रो सातापछि लमजुङबाट पुन सुरु गर्ने प्रस्ताव गरेको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । 

बैठकमा अध्यक्ष प्रचण्डले अभियानका साथै समाजवादी मोर्चा, पार्टीको आन्तरिक एकता र आगामी केन्द्रीय कमिटीका बारेमा जानकारी गराएको पोखरेलले बताए । 

पार्टीको केन्द्रीय कमिटी बैठक दशैँ र तिहारको बीचमा बस्ने प्रस्ताव आएको उनले जानकारी दिए । 

बैठकका केन्द्रीय पदाधिकारीले रिर्पोटिङ गरेपछि स्थायी कमिटी सदस्यहरूले शनिबारबाट धारणा राख्ने क्रम सुरु हुने पोखरेलले उल्लेख गरे । 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ३८ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका