मुख्यमन्त्री कार्कीद्वारा रङ्गशाला सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता | Khabarhub Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा रङ्गशाला सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भद्रपुर नगरपालिका-८ स्थित नवनिर्मित मेची क्रिक्रेट रङ्गशाला सञ्चालन र व्यवस्थापनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार रङ्गशालाको अवलोकन गर्दै उनले रङ्गशालाको निर्माण व्यवस्थित रूपमा भइरहेको उल्लेख गरे।

भद्रपुर क्रिक्रेट क्लबले मेची बहुमुखी क्याम्पसको जग्गा लिजमा लिएर रङ्गशाला निर्माण गरेको हो । रङ्गशालाको निर्माणमा कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय क्रिक्रेटप्रेमीको ६० लाख रुपैयाँ भन्दा बढी लगानी भइसकेको क्लबका अध्यक्ष आदित्य पराजुलीले अवलोकनका क्रममा मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए  ।

मुख्यमन्त्री कार्कीले मैदान र अन्य भौतिक संरचना सन्तोषजनक रूपमा निर्माण भइरहेको बताए । उनले रङ्गशालालाई प्रदेशकै उत्कृष्ट क्रिक्रेट मैदानका रूपमा विकास गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएर अघि बढ्न क्लबलाई सुझाव दिए । 

‘डिपिआर बनाएर अघि बढ्नुहोस्, प्रदेश सरकारबाट के–कस्तो सहयोग चाहिएको हो, हामी सहयोग गर्न तयार छौँ’, उनले भने । 

राष्ट्रिय क्रिक्रेटमा महत्त्वपूर्ण योगदान पुर्‍याउने प्रतिभाशाली खेलाडीहरू झापाकै रहेका उल्लेख गर्दै भद्रपुर-८ का वडाध्यक्ष मनोज सुब्बाले झापाको गौरव बढाउने लक्ष्यसहित भद्रपुरमा अन्तरराष्ट्रियस्तरको क्रिक्रेट रङ्गशाला बनाउन थालिएको बताए । 

उनले हाल तयार भएको उक्त मैदानमा आठ हजार दर्शक अट्ने र यही वर्ष क्लबले कोशी प्रिमियर लिग आयोजना गर्न लागेको जानकारी दिए । रङ्गशाला निर्माणपछि झापाका क्रिक्रेटप्रेमीहरू  उत्साहित भएका उनको भनाइ छ ।

मेची बहुमुखी क्याम्पसको १६ बिघा क्षेत्रफलमध्ये चार बिघा क्षेत्रफलमा रङ्गशाला निर्माण भएको हो । वार्षिक ५० हजार रुपैयाँ भाडाबापत तिर्ने शर्तमा २५ वर्षका लागि उक्त जग्गा क्याम्पससँग क्लबले लिएको उनले जानकारी दिए । 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : ०७ बजे

करेन्ट लागेर एक बालकको मृत्यु

बैतडी– करेन्ट लागेर शनिबार एक बालकको मृत्यु भएको छ। मृत्यु

समाजवादी मोर्चाले बोलाउन छाडेपछि झलनाथले भने : हेर्न-सुन्न मात्रै त टेलिभिजनमै स्वादिलो हुन्छ

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाका

माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले

अग्रज र सहिदका संकल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका

एमाले लचिलो भएर एकताको प्रतिबद्धता जनाए विद्यालाई समर्थन : झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति