रुसलाई लक्षित गर्दै दुई वटा आणविक पनडुब्बी तैनाथ गर्न ट्रम्पको निर्देशन « Khabarhub

रुसलाई लक्षित गर्दै दुई वटा आणविक पनडुब्बी तैनाथ गर्न ट्रम्पको निर्देशन


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई लक्षित गर्दै आफ्नो मुलुकका आणविक पनडुब्बी परिचालन गर्न निर्देशन दिएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाका दुई आणविक पनडुब्बी ‘उचित क्षेत्र’ मा तैनाथ गर्न निर्देशन दिएका हुन् ।

रुसका पूर्वराष्ट्रपति दिमित्री मेद्भेदेवले उत्तेजक अभिव्यक्ति दिएको प्रतिक्रियामा ट्रम्पले यस्तो कदम चालेको समाचार संस्था रोयटर्सले जनाएको छ । सुरक्षा विश्लेषकहरुले भने ट्रम्पको यस कदमलाई भाष्यगत उत्तेजना भनेका छन् । यसबाट सैन्य उत्तेजना उत्पन्न हुने सम्भावना भने न्यून रहेको जनाइएको छ ।

उसै पनि रुसी भूभागमा मार हान्न सक्ने पनडुब्बी अमेरिकाले यसअघि नै परिचालन गर्दै आएको छ । यसअघि बिहीबार मेद्भेदेवले रुससँग अझै पनि सोभियतकालको आणविक मारक क्षमता रहेको टिप्पणी गरेका थिए ।

त्यसअघि ट्रम्पले मेद्भेदेवलाई ‘मुख सम्हाल्न’ चेतावनी दिएका थिए ।

‘रुसका पूर्वराष्ट्रपति दिमित्री मेद्भेदेवको अत्यन्त उत्तेजक अभिव्यक्तिहरूलाई आधार मानेर… मैले दुईवटा आणविक पनडुब्बीहरूलाई उचित क्षेत्रहरुमा तैनाथ गर्न आदेश दिएको छु, यदि यी मूर्ख र उत्तेजक अभिव्यक्तिहरू केवल अभिव्यक्ति मात्र होइनन् भने ।’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले शब्दहरु धेरै महत्वपूर्ण हुने भन्दै यसले प्रायः अनपेक्षित परिणाम निम्त्याउने पनि टिप्पणी गरेका छन् ।

यसबारे अमेरिकी रक्षा प्रशासन पेन्टागनले कुनै टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ३ : ५७ बजे

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक