सभामुख महरामाथि लगाइएको यौन दुर्व्यहारको आरोप कपोकल्पित र भ्रामकः सचिवालय  « Khabarhub

सभामुख महरामाथि लगाइएको यौन दुर्व्यहारको आरोप कपोकल्पित र भ्रामकः सचिवालय 


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख कृष्णबहादुर महराको सचिवालयले सभामुख महरामाथि लगाइएको यौन दुर्व्यवहारको आरोपमा कुनै सत्यता नभएको जनाएको छ ।

महराका प्रेस संयोजक डिल्ली मल्लले जारी गरेको प्रेस वक्तव्यमा विभिन्न मिडियामा आएको सामाचरामा जस्तो सत्यता नरहेको र भ्रम फैलाउन खोजिएको जनाइएको छ ।

आरोप लगाउने म‍हिलाले कर्मचारी समायोजनको रिस पोखेको उल्लेख छ । कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट रहेको भन्दै विज्ञप्तीमा असन्तुष्टिलाई लिएर सभामुख महराको बारेमा पूरै गलत, कपोकल्पित र अनर्गल समाचार प्रवाह भएको दाबी गरिएको छ ।

सभामुखको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको भन्दै विज्ञप्तिमा समाचार र घटना सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको जनाइएको छ ।

‘सभामुख महराको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भर्त्सना गरे पनि कम हुन्छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १० : १९ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई