बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः अग्नि सापकोटा « Khabarhub

बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः अग्नि सापकोटा


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा अधिकांशले पार्टी नेतृत्वलाई सबल र सुदृढ बनाउनुपर्ने मत राखेका थिए ।

पार्टी उपाध्यक्ष तथा प्रवक्त अग्निप्रसाद सापकोटाले पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा हालसम्म पार्टी नेतृत्वमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प खोज्नेबारे कसैले पनि मत नराखेको जानकारी दिए ।

बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उनले भने, “बैठकमा नेतृत्वको विकल्प खोज्नेबारे कसैले पनि बोल्नुभएको छैन, बरु स्थायी कमिटीका अधिकांश सदस्यले तत्काल नेतृत्वको विकल्प खोज्ने बेला नभएको धारणा राखेका छन्, पार्टी उपमहासचिव जनार्दन शर्माले पनि नेतृत्वको सम्बन्धमा खासै कुरा गर्नुभएन । सबैले नेतृत्वलाई सबल, सुदृढ गर्नुपर्छ भन्नुभएको छ ।”

शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठक सोमबार पनि जारी रहने प्रवक्ता सापकोटाले जानकारी दिए । शनिबार र आज धेरैजसो स्थायी कमिटी सदस्य र पदाधिकारीले धारणा राखिसकेकाले सोमबार वरिष्ठ उपाध्यक्ष, महासचिव र अध्यक्षले बोल्नुहुने उनले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ८ : १८ बजे

समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर– कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री

सुनको मूल्यमा केही गिरावट

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ

जलजला–सिसाखानी सडक स्तरोन्नति

ढोरपाटन– जलजला–सिसाखानी सडक आठ वर्षपछिस्तरोन्नति प्रारम्भ भएको छ ।  पहिलो

ज्याकारण्डा फूलले सुन्दर बन्यो उपत्यका (तस्बिर)

काठमाडौं– काठमाडौं उपत्यका यतिबेला वैजनी रंगले सजिएको छ। विभिन्न स्थानमा

सांसद रिमा विश्वकर्माको प्रश्न: जाहेरी नै दर्ता नभएपछि जनताले न्याय कसरी पाउँछन् सरकार ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले पीडितको