माधव नेपाल भन्छन् : असफल हुनु नयाँ सुरुवात हो, आत्तिनु पर्दैन « Khabarhub

माधव नेपाल भन्छन् : असफल हुनु नयाँ सुरुवात हो, आत्तिनु पर्दैन


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जीवनमा असफलता आए पनि निराश नहुन सबैलाई आग्रह गरेका छन्।

पार्टी निकट अनेरास्ववियूले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले फेल हुनु आफैँमा अन्त्य नभई नयाँ सुरुवात हुने बताए।

‘संघर्ष हो जीवन, समस्या र चुनौती आउँछन्,’ नेपालले भने, ‘तर त्यसले जीवनबाट भाग्न हुन्न। फेल भए पनि आत्तिनु पर्दैन।’

उनले विश्व नेताहरूको उदाहरण दिँदै प्रेरणा लिनुपर्नेमा जोड दिए। ‘अब्राहम लिङ्कन धेरैपटक निर्वाचनमा फेल भए पनि आज विश्वभर चर्चित छन्,’ उनले स्मरण गराए।

अध्यक्ष नेपालले युवा पुस्तालाई समाज रूपान्तरणको अभियानमा लाग्न आह्वान गर्दै भने, ‘हामी विकृति, विसंगति र छाडापन त्यागेर सुन्दर देश बनाउन चाहन्छौँ।’

कार्यक्रममा उनले पार्टीको चुनाव चिह्न ‘कलम’ भएको उल्लेख गर्दै नयाँ पुस्ताले यसको व्यापक प्रचार गर्नुपर्ने बताए। उनले बुद्धि बिग्रिएकालाई सपार्न सकिने बताउँदै भिरमा जानेलाई भने काँध थाप्न नसकिने उल्लेख गरे । ‘बुद्धि बिग्रिए पनि भिरबाट लड्नेलाई काँध थाप्नु हुँदैन, रामराम भन्नुपर्छ,’ उनले व्यंग्य गर्दै भने।

नेपालले ज्ञान, चिन्तन र अध्ययनमार्फत् आत्मविश्वास बढाउन आग्रह गरे । ‘संसारका नेताहरूका जीवनी पढ्नुस्, चिन्तन गर्नुस्, त्यसले आत्मबल बढाउँछ’, उनले भने ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  २ : ४३ बजे

समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर– कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री

सुनको मूल्यमा केही गिरावट

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ

जलजला–सिसाखानी सडक स्तरोन्नति

ढोरपाटन– जलजला–सिसाखानी सडक आठ वर्षपछिस्तरोन्नति प्रारम्भ भएको छ ।  पहिलो

ज्याकारण्डा फूलले सुन्दर बन्यो उपत्यका (तस्बिर)

काठमाडौं– काठमाडौं उपत्यका यतिबेला वैजनी रंगले सजिएको छ। विभिन्न स्थानमा

सांसद रिमा विश्वकर्माको प्रश्न: जाहेरी नै दर्ता नभएपछि जनताले न्याय कसरी पाउँछन् सरकार ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले पीडितको