कागतीमा खटिरे र ढुसीजन्य समस्या « Khabarhub

कागतीमा खटिरे र ढुसीजन्य समस्या


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा लगाइएका कागती खेतीमा क्याङ्कर (खटिरे)र ढुसीजन्य रोगको समस्या देखिएको छ । कागतीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् ।

विगत तीन वर्षदेखि भरतपुर महानगरपालिका–२५ मा कागतीखेती गर्दै आएका दिनेश सापकोटाले कागतीमा खटिराजन्य  रोग र ढुसीबाट हुने रोगहरू जरा कुहिने एवं खोटे रोग देखिएको बताउँछन्।

उनले भने, ‘यसलाई व्यवस्थापन गरिरहेको छु ।’ फल्ने समयमा रोग लागेपछि उत्पादनमा कमी आउने हो कि भन्ने चिन्तामा हुनुहुन्छ उनी । उनले थपे, ‘अहिले केही बिरुवामा यो समस्या  देखिएको छ यसले उत्पादनमा असर नगरे हुन्थ्यो ।’ उनले १० कट्ठा जग्गामा कागतीखेती गर्दै आएका छन् । 

कागतीमा क्याङ्करको समस्या आएपछि बिरुवा र फलमा वृद्धि विकास नहुने एवं उत्पादित फलले बजार नपाउने हुन्छ । यस्तै ढुसीका कारण लाग्ने जरा कुहिने र खोटे रोगले बिरुवा मार्ने समस्या हुने गर्दछ । 

कृषि विकास कार्यालय चितवनकी बागबानी विकाश अधिकृत स्वस्तिका चौहानका अनुसार ढुसीजन्य समस्या आठ बिगाहा क्षेत्रफलमा देखिएको छभने क्याङ्कर जिल्लाका अधिकांश क्षेत्रमा देखिएको छ । मौसममा आएको परिवर्तनले क्याङ्कर जीवाणुको सङ्क्रमण भएर यो रोग लाग्ने गर्दछ ।

यो रोग ‘ज्यान्थोमोनास सिट्री’  नामक जीवाणुका कारण लाग्ने गर्दछ । यस जीवाणुले एक बोटबाट अर्को बोटमा रोग सार्ने गर्दछ । यसलाई नियन्त्रण गर्न ‘डाइमिथोएट’ नामक विषादी प्रयोग गर्न आवश्यक रहेको उनले जानकारी दिए । उनका अनुसार यो जीवाणु बोक्ने किरालाई नियन्त्रणमा लिनुपर्ने हुन्छ । जसले हरेक बोटमा गएर चुसेर यो रोग सार्ने गर्दछ ।

यो रोगले हाँगा, पात, फलमा समेत असर गर्ने गर्दछ । यो रोगको सङ्क्रमणबाट ग्रस्त हाँगा, डाँठ, पातहरु हटाएर मट्टितेलको प्रयोग गरी जलाई दिने, बगैँचामा काम गर्दा बोटलाई चोट नपु¥याउने जस्ता सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।

ढुसीका कारण जरा मर्ने भएकाले रोग नियन्त्रणका लागि नीलोतुथो र चुनको बोडोमिश्रणले बिरुवाको जरा भिजाउनुपर्ने हुन्छ । जरा कुहिने रोग लागेको ठाउँबाट पानीको कुलो एवं सिँचाइ गर्न नहुने, औजारहरु निर्मलीकरण गरेर मात्रै प्रयोग गर्नुपर्ने, तीनपाते एवं जराका रुपमा प्रयोग हुने ‘सिटट्रेनस्’ प्रयोग गरी कलमी गरिएको बिरुवा प्रयोग गर्नुपर्ने चौहानले जानकारी दिए । खनजोत गर्दा जरामा चोट पुर्‍याउन हुँदैन ।

खोटे रोग पनि ढुसीकै कारण लाग्ने गर्दछ । ढुसीको आक्रमणपछि हाँगा, डाँठमा सुरुमा बोक्रा फाटेकोे जस्तो देखिने उनले बताए। यो रोग बढ्दै जाँदा हाँगा सुकेर जाने गर्दछ । कलमी बिरुवा रोप्दा जोडेको ठाउँ माटोको सम्पर्कमा पर्नु हुँदैन ।

जिल्लामा झन्डै २० बिघा क्षेत्रफलमा कागतीखेती गरिएको छ । भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र माडी क्षेत्रमा विशेषगरी कागतीखेती गरिन्छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : ४५ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको