च्याटजीपीटीको प्रयोगमा गिरावट « Khabarhub

च्याटजीपीटीको प्रयोगमा गिरावट


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२२ पछि पहिलो पटक व्यवसायिक कम्पनीहरूमा च्याटजीपीटीको प्रयोगमा कमी आएको एक प्रतिवेदनले जनाएको छ । युरोन्यूजको समाचार अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबाट च्याटजीपीटीको लोकप्रियता व्यवसायिक संस्थाहरुमा घट्दै गएको छ ।

नेटस्कोपको तथ्याङ्कका अनुसार सन् २०२५ को पहिलो छ महिनामा यसको प्रयोगमा उल्लेखनीय कमी देखाएको हो । प्रतिवेदनले कम्पनीहरूले डेटा गोपनीयता र सुरक्षा चिन्ताका कारण च्याटजीपीटीको प्रयोग सीमित गरेको प्रतिवेदनमा उल्लेख छ । धेरै व्यवसायहरूले संवेदनशील जानकारी चुहावट हुने जोखिमका कारण सावधानी अपनाएका छन् ।

साथै, केही कम्पनीहरूले आफ्नै आन्तरिक एआई उपकरणहरू विकास गर्न थालेका छन्, जसले च्याटजीपीटीको प्रयोग घटाएको हो । यद्यपि, च्याटजिपिटी अझै पनि विश्वभरका व्यवसायहरूमा लोकप्रिय छ ।

तर, प्रतिवेदनले एआई उपकरणहरूको प्रयोगमा बढ्दो प्रतिस्पर्धा र नियामकको दबाबले भविष्यमा यस्ता प्रविधिको प्रयोगलाई थप प्रभावित गर्न सक्ने संकेत गरेको छ ।

यो कमीले च्याटजिपिटीको विकासकर्ता ओपनएआईमाथि नयाँ रणनीति बनाउन दबाब बढाएको जनाइएको छ । कम्पनीले प्रयोगकर्ताको विश्वास जित्न र बजार हिस्सा कायम राख्न थप सुरक्षित र प्रभावकारी उपायहरू ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : १० बजे

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता

ओलीले राष्ट्रिय सभाको लोभ देखाएपछि राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी

राष्ट्रिय झण्डा दिवस मनाइयो (तस्बिरहरू)

काठमाडौं– आठौँ राष्ट्रिय झण्डा दिवस आज (मंगलबार) विभिन्न कार्यक्रम गरी

किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी– मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ

हर्षल पाठक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला