दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा « Khabarhub

दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै व्यवसायी एवम् राजावादी अभियान्ता दुर्गा प्रसाईंलाई स्वागत गर्न नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा डिल्लीबजार कारागार पुगेका छन्।

अदालतले दिएको आदेशअनुसार धरौटी रकम बुझाएर प्रक्रिया पूरा गरेपछि प्रसाईं रिहा हुने तयारीमा छन्। उनलाई स्वागत गर्न शर्मा स्वयं कारागार परिसर पुगेका हुन्।

उच्च अदालत पाटनका दुई इजलासले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए। न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले २५ लाख रुपैयाँ धरौटी तोकेको थियो भने राजावादी आन्दोलनसम्बन्धी मुद्दामा न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले थप ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

कूल २८ लाख रुपैयाँ धरौटी बुझाएर प्रसाईं सोमबार साँझ रिहा भएका हुन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ९ : ५५ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका