नाइमा नेपाल मोबिलिटी एक्स्पो : नयाँ नयाँ बाइक हेर्न जानुस् भृकुटीमण्डप (तस्बिरहरू) « Khabarhub

नाइमा नेपाल मोबिलिटी एक्स्पो : नयाँ नयाँ बाइक हेर्न जानुस् भृकुटीमण्डप (तस्बिरहरू)


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले बुधबारदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ सुरू गरेको छ।

यस एक्सपोमा दुईपांग्रे सवारी साधन (२–ह्वीलर) प्रदर्शनमा राखिएको छ। विद्युतीय तथा पेट्रोल इन्जिनमा आधारित स्कुटर र बाइक यस एक्स्पोमा राखिएको छ।

२० भन्दा बढी ब्रान्डले आफ्ना नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी गरेका छन्। यीमध्ये धेरै ब्रान्डका मोडलहरू पहिलोपटक नेपालमा सार्वजनिक हुन लागेका छन्।

यस वर्षको एक्स्पोमा एम्पेयर, एथर इनर्जी, बजाज, होन्डा, केटीएम, रोयल एनफिल्ड, सुजुकी, टिभीएस, ट्रायम्फ, बेनेल्ली, सिएफमोटो, गोगोरो, महिन्द्रा टू ह्वीलर्स, एनआईयु, रिभोल्ट मोटर्स, सेगवे नाइनबट, अल्ट्राभायोलेट र याडेया लगायत दर्जनौँ ब्रान्डका स्कूटर तथा मोटरसाइकलहरू राखिएको छ।

विद्युतीय २–ह्वीलर सवारीप्रति बढ्दो आकर्षणका कारण धेरै ब्रान्डहरू यसपटक ईभी सेग्मेन्टमा केन्द्रित भएका छन्। एनआईयू, गोगोरो, रिभोल्ट, सेगवे नाइनबट, अल्ट्राभायोलेट र याडेया लगायत कम्पनीहरूले आफ्ना विद्युतीय स्कूटर तथा मोटरसाइकलहरू नेपाली बजारमा सार्वजनिक गर्दैछन् ।

यीमध्ये कतिपय मोडलहरू नेपालमा पहिलोपटक ल्याइँदै छन्, जसले बजारमा प्रतिस्पर्धा थप चर्काउने चर्चा छ ।

त्यसैगरी, एथर इनर्जी, जुन भारतमा प्रिमियम इलेक्ट्रिक स्कूटर बनाउने प्रमुख कम्पनीका रूपमा परिचित छ, नेपाल प्रवेश गर्ने तयारीमा छ र यसै एक्स्पोमार्फत आफ्ना मोडलहरू सार्वजनिक गर्ने सम्भावना उच्च रहेको छ। एम्पेयरको बजेट र मिड–रेन्ज इभी मोडलहरू पनि यसै अवसरमा देखिनेछन्।

पेट्रोल इन्जिन सवारीमा होण्डा, सुजुकी, बजाज, टिभिएस, केटिएम, रोयल इन्फिल्ड, बेनेल्ली, ट्रायम्फ र सिएफ मोटो जस्ता पुराना र चर्चित ब्रान्डहरूका ताजा संस्करणहरू पनि प्रदर्शनमा राखिएका छन्। नयाँ डिजाइन, अपग्रेडेड इन्जिन र विशेष एड्भेन्चर फिचरका साथ आउने यी मोडलहरू मोटरसाइकलप्रेमीहरूका लागि आकर्षणको केन्द्र बनेका छन् ।

यो एक्स्पोमा केही ब्रान्डहरूले आफ्नो अफ–रोड एड्भेन्चर बाइकदेखि लिएर स्मार्ट कनिक्टेड स्कुटरसमेत प्रदर्शनमा राखिएको छ । ट्रायम्फ जस्ता ब्रान्डका क्लासिक र प्रीमियम मोटरसाइकल पनि नेपालमै प्रत्यक्ष हेर्ने र अनुभव गर्ने दुर्लभ अवसर यो प्रदर्शनी बनेको छ।

नाइमा मोबिलिटी एक्स्पो–२०२५ मा दुईपांग्रे सवारी साधनको क्षेत्रलाई विशेष प्राथमिकता दिइएको देखिन्छ। पर्यावरणमैत्री प्रविधिमा आधारित स्कुटर तथा मोटरसाइकलहरू, स्मार्ट फिचरहरू जस्तै मोबाइल एप कन्ट्रोल, नेविगेसन, रिमोट ट्र्याकिङ, फास्ट चार्जिङ आदि फिचरका साथ आएका मोडलहरू यस वर्षका प्रमुख आकर्षण छन् ।

अर्कोतर्फ, महिन्द्राको २–ह्वीलर डिभिजन पनि यस प्रदर्शनीमा उपस्थिति जनाएको छ । अब नयाँ प्रविधिसहित पुनः फर्कने प्रयासस्वरूप महिन्द्राले विद्युतीय स्कुटरहरू प्रदर्शनमा राखेको छ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : ४८ बजे

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र