अनलाइन सञ्चारमाध्यम दर्ताको नयाँ व्यवस्था स्वीकारेर अघि बढौँ : सञ्चार मन्त्री | Khabarhub Khabarhub

अनलाइन सञ्चारमाध्यम दर्ताको नयाँ व्यवस्था स्वीकारेर अघि बढौँ : सञ्चार मन्त्री


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन् । 

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै संसद्ले नै पास गरेर कानुन बनिसकेको अवस्थामा अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्थालाई सबैले मान्नुपर्ने बताएका हुन् ।

नयाँ व्यवस्था सदनबाट पास हुँदा आफूलाई समेत जानकारी नभएको उनले बताए । मन्त्री गुरुङले केही नेपाल ऐन संशोधन गर्ने विषय सञ्चार मन्त्रालयको नभई कानुन मन्त्रालयको भएको जिकिर गरे । 

सरकारले हालै केही नेपाल ऐन संशोधनमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा नयाँ व्यवस्था थप गरेसँगै अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत हुने भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ५ : १४ बजे

रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बन्न नौ जनाले दिए आवेदन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार हुन

प्रधानमन्त्री ओलीलाई निम्तो दिन आउँदै भारतीय विदेश सचिव मिस्री

काठमाडौं- भारतका विदेश सचिव विक्रम मिस्री आगामी साउन ३१ गते

कच्चा पदार्थको गुणस्तर र औषधिको वैज्ञानिक मापदण्ड पालना गर्न विभागको १० बुँदे निर्देशन 

काठमाडौं– औषधि उद्योग र पैठारीकर्ताहरूलाई कच्चा पदार्थको स्रोत, स्तर, गुणस्तर

प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिम्बुननको भेट

तुर्कमेनिस्तान– प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष

पोर्चुगल र हंगेरी पठाइदिने भन्दै ३१ लाख ठगी, दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै