भारतीय किसानको हितविपरीत सम्झौता गर्दिनँ, जस्तोसुकै मूल्य चुकाउन पनि तयार छु : मोदी « Khabarhub

भारतीय किसानको हितविपरीत सम्झौता गर्दिनँ, जस्तोसुकै मूल्य चुकाउन पनि तयार छु : मोदी


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशका किसानको हितविपरीत कुनै सम्झौता नगर्ने दृढता व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार शुल्क थोपरेलगत्तै मोदीको यस्तो भनाइ आएको हो ।

आफूले भारी मूल्य चुकाउनु परेपनि किसानको हितविपरित कुनै सम्झौता नगर्ने मोदीको भनाइ छ । राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उनले अमेरिका वा ट्रम्पको नाम भने लिएनन् ।

बुधबारमात्रै ट्रम्पले भारतले रुससँग तेल खरिदलाई निरन्तरता दिएको भन्दै भारतीय सामानमा थप २५ प्रतिशत शुल्क बढाएर ५० प्रतिशत पुर्‍याएका थिए । यो शुल्क आगामी अगस्ट २८ देखि लागू हुने अपेक्षा गरिएको छ ।

भारतीय विदेश मन्त्रालयले ट्रम्पको यस कदमलाई ‘अत्यन्त दुर्भाग्यपूर्ण’ भनेको छ । मन्त्रालयले राष्ट्रिय हितको रक्षाका लागि आवश्यक सबै कदम चाल्ने पनि उल्लेख गरेको छ ।

अमेरिकाले भारतीय कृषि बजारमा सहज पहुँच चाहेको छ । यद्यपि भारतले अमेरिकाको यस्तो प्रस्ताव अस्वीकार गर्दै आएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार भारतले कृषि बजारमा अमेरिकालाई पहुँच दिन अस्वीकार गर्ने र रुसी तेल किन्न नछाड्ने भएपछि भारत र अमेरिकाबीच ५ चरणका व्यापार वार्ता अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ३ : १५ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन