जनप्रिय युवा क्लब ‘खुला यार्तुङ आर्चरी प्रतियोगिता’को च्याम्पियन | Khabarhub Khabarhub

जनप्रिय युवा क्लब ‘खुला यार्तुङ आर्चरी प्रतियोगिता’को च्याम्पियन


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङको मुक्तिनाथमा आयोजित खुला यार्तुङ आर्चरी प्रतियोगितामा आयोजक जनप्रिय युवा क्लब पुराङ रानीपौवा ‘ए’ टिम च्याम्पियन बनेको छ ।

क्लबले १५० पूर्णाङ्कमध्ये नौ अङ्क खर्चँदै १४१ अङ्क योगफल जोडेर आर्चरी च्याम्पियन बनेको हो । प्रतियोगितामा मनाङ र मुस्ताङका १६ टिमको सहभागिता थियो । १५ डोरमा खेलाइएको आर्चरी प्रतियोगितामा प्रत्येक टिमबाट पाँचपाँच जना खेलाडीले भाग लिन पाउने व्यवस्था गरिएको थियो ।

यसैगरी यार्तुङ खुला आर्चरी प्रतियोगितामा एनवाईसी मनाङको टोली १३६ अङ्क जोड्दै उपविजेता बनेको छ । यहाँको बारागुङ–५ स्थित शेरधाङ लुम्बुक युथ क्लब फल्याकले आर्चरी प्रतियोगितमा तेस्रो स्थान हासिल गरेको छ । फल्याकले निर्धारित १५ डोरमा १३५ अङ्कको योगफल तयार गरेको थियो ।

प्रतियोगिताको च्याम्पियन जनप्रिय क्लबले एक लाख रुपैयाँसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एनवाईसी मनाङले ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र जितेको छ ।

प्रतियोगितामा तेस्रो बनेको शेरधाङ युथ क्लब फल्याकले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा सर्वाधिक अङ्क जोड्ने ब्रदर्श युनाइटेडका बुद्धि बुढाथोकी र आर्चरीको सर्वोत्कृष्ट खेलाडी एनवाईसी मनाङका सोनाम लामा घोषित भए ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १० : २४ बजे

केपी ओलीको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरू दशौँ केन्द्रीय

एक सातामा ४ सय २८ जनामा देखियो डेंगु संक्रमण 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी

मधेसमा अर्को ‘ट्विस्ट’ लोसपापछि एमालेको समर्थनमा कांग्रेसले गर्‍यो सरकारमा दाबी 

जनकपुरधाम– मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोसपा पछि नेपाली कांग्रेसका संसदीय

ओलीले बुझेका जेन-जीका यी तीन माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

काठमाडौं– सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीति अवस्थाका बारेमा