अर्को साता ट्रम्प र पुटिनको भेटवार्ता: युक्रेन युद्ध अन्त्यको विषयमा छलफल हुने « Khabarhub

अर्को साता ट्रम्प र पुटिनको भेटवार्ता: युक्रेन युद्ध अन्त्यको विषयमा छलफल हुने


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीच अर्को साता भेटवार्ता हुने भएको छ।

१५ अगस्ट शुक्रबारका दिन अलास्कामा हुने सो भेटमा युक्रेन युद्ध अन्त्यको विषयमा छलफल हुनेछ। अमेरिकी राष्ट्रपतिले युद्ध रोक्न रुसलाई दबाब दिएपछि यो वार्ताको मिति तय भएको हो।

यसअघि नै ट्रम्पले धेरै विषयमा सहमतिको नजिक पुगेका कारण वार्ता सकारात्मक हुने बताएका छन्।

अहिले वार्ताको स्थान तय गरिएको अलस्कामा नै सन् २०२१ मा राष्ट्रपति जो वाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई बोलाएर वार्ता गरेका थिए।

ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएपछि १२ फेब्रुअरीका दिन पुटिनसँग फोन वार्ता भएको थियो। १८ फेब्रुअरीमा अमेरिकी विदेशमन्त्री मार्क रुबियो र रुसी विदेशमन्त्री सर्जी लाबरोभ बीचमा वार्ता भएको थियो। १८ मार्चका दिन पुटिन र ट्रम्पबीच फोन वार्ता भएको थियो।

११ अप्रिलका दिन अमेरिकी दूत स्टिभ विटकोफले पुटिनसँग भेट गरेका थिए। १५ मेका दिन अमेरिकी कूटनीतिज्ञले युक्रेनी र रुसी प्रतिनिधिमण्डलसँग भेट गरेका थिए। ६ अगस्टका दिन रुसी तेल खरिद गरेका कारण अमेरिकाले भारतीय सामानमा थप २५ प्रतिशत करको निर्णय गरेको थियो।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ३९ बजे

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने