पाकिस्तानमा बाल मजदुरको अवस्था भयावह « Khabarhub

पाकिस्तानमा बाल मजदुरको अवस्था भयावह


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा बाल मजदुरको अवस्था भयावह रहेको पाइएको छ । सिन्ध प्रान्तमा गरिएको शोधका क्रममा यस्तो भेटिएको हो ।

सिन्ध बाल मजदुर सर्वेक्षणका अनुसार १६ लाख बालबालिका विभिन्न किसिमका श्रममा आबद्ध छन् । सिन्धको श्रम विभागले गरेको सर्वेक्षणमा तीमध्ये आधा मजदुर खतरनाक श्रम गर्न बाध्य रहेको देखिएको छ ।

सिन्धका श्रम महानिर्देशक मुहम्मद अली शाहले सर्वेक्षणको प्रतिवेदन प्रान्तीय सरकारसमक्ष बुझाइएको जानकारी दिएका छन् ।

सर्वेक्षणका अनुसार श्रम गर्नेमध्ये केबल ४० दशमलब ६ प्रतिशत बालबालिका मात्रै विद्यालय जाने गरेका छन् । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार गरिब परिवारका बालबालिका सबैभन्दा धेरै श्रम गर्छन् ।

सर्वेक्षणका अनुसार सबैभन्दा गरिबमध्ये ३३.७ प्रतिशत परिवारका कम्तीमा एक जना बालबालिका श्रम गर्न बाध्य छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : ३७ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता