पाकिस्तानमा जुलाई महिनामा आतंकवादी हमलामा वृद्धि « Khabarhub

पाकिस्तानमा जुलाई महिनामा आतंकवादी हमलामा वृद्धि


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा जुलाई महिनामा आतंकवादी हमलामा वृद्धि भएको पाइएको छ । पाकिस्तानमा जुलाई महिनामा आतंककारी हमलामा ५ प्रतिशतले वृद्धि भएको पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडीज (पीआईसीएसएस) ले जनाएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार जुलाईमा पाकिस्तानभर ८२ आतंकवादी हमला भएका छन् । यी आक्रमणहरुमा १ सय १ जनाको मृत्यु भएको छ भने अरु १ सय ५० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ४७ सर्वसाधारण, ३६ सुरक्षाकर्मी र १८ आतंकवादी छन् । यो तथ्याङ्क गत जुनको तुलनामा ५ प्रतिशतले बढी हो । जुन महिनामा ७८ हमला भएका थिए ।

सबैभन्दा धेरै आक्रमण खैबर पख्तुनख्वा प्रान्तमा भएका छन् । खैबर पख्तुनख्वामा जहाँ ५३ वटा आतंककारी हमलाका घटना भएका छन् ।

त्यसैगरी, बलोचिस्तान प्रान्तमा २८ वटा यस्ता घटना भएका छन् । पञ्जाब, सिन्ध, आजाद जम्मु–कश्मीर र इस्लामाबादमा कुनै हमला नभएको पाइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ३८ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको