पाकिस्तानमा जुलाई महिनामा आतंकवादी हमलामा वृद्धि « Khabarhub

पाकिस्तानमा जुलाई महिनामा आतंकवादी हमलामा वृद्धि


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा जुलाई महिनामा आतंकवादी हमलामा वृद्धि भएको पाइएको छ । पाकिस्तानमा जुलाई महिनामा आतंककारी हमलामा ५ प्रतिशतले वृद्धि भएको पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडीज (पीआईसीएसएस) ले जनाएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार जुलाईमा पाकिस्तानभर ८२ आतंकवादी हमला भएका छन् । यी आक्रमणहरुमा १ सय १ जनाको मृत्यु भएको छ भने अरु १ सय ५० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ४७ सर्वसाधारण, ३६ सुरक्षाकर्मी र १८ आतंकवादी छन् । यो तथ्याङ्क गत जुनको तुलनामा ५ प्रतिशतले बढी हो । जुन महिनामा ७८ हमला भएका थिए ।

सबैभन्दा धेरै आक्रमण खैबर पख्तुनख्वा प्रान्तमा भएका छन् । खैबर पख्तुनख्वामा जहाँ ५३ वटा आतंककारी हमलाका घटना भएका छन् ।

त्यसैगरी, बलोचिस्तान प्रान्तमा २८ वटा यस्ता घटना भएका छन् । पञ्जाब, सिन्ध, आजाद जम्मु–कश्मीर र इस्लामाबादमा कुनै हमला नभएको पाइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ३८ बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन