पाकिस्तानले अफगानिस्तानसँग जोडिएको नाका बन्द गरेपछि स्थानीय चिन्तित « Khabarhub

पाकिस्तानले अफगानिस्तानसँग जोडिएको नाका बन्द गरेपछि स्थानीय चिन्तित


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानले अफगानिस्तानको खोस्त प्रान्तसँग जोडिएको गुलाम खान सीमा नाका बन्द गरेको छ । यससँगै दुई मुलुकबीच व्यापार तथा सीमापार सम्बन्धमा गम्भीर असर पर्ने चिन्ता बढेर गएको छ ।

खामा प्रेसका अनुसार पाकिस्तान सरकारको यो कदमले स्थानीय व्यापारीहरू र सीमावर्ती समुदाय प्रभावित भएका छन् । यो नाकालाई दुई देशबीच व्यापार र आवागमनको लागि महत्वपूर्ण मानिन्छ ।

यसअघि ‘टोकन’ प्रणालीमार्फत् बिरामीहरू जस्ता निश्चित व्यक्तिहरूलाई पूर्ण यात्रा दस्तावेज बिना सीमा पार गर्न अनुमति दिँदै आएको थियो । यद्यपि अहिले भने त्यो पनि बन्द भएको जनाइएको छ ।

सीमा बन्दले विशेषगरी सामान ढुवानीमा बाधा पुगेको छ । व्यापारीहरूले यो कदमले आपूर्ति शृंखलामा अवरोध र मूल्यवृद्धि निम्त्याउन सक्ने चेतावनी दिएका छन् । साथै, स्थानीय बासिन्दाहरूले आफ्ना आफन्तहरूसँगको सम्पर्क र आधारभूत वस्तुहरूको पहुँचमा कठिनाइ भएको गुनासो गरेका छन् ।

पाकिस्तान सरकारले सुरक्षा चिन्ता र सीमा नियन्त्रणमा कडाइ गर्न यस कदम चालेको जनाएको छ । यद्यपि विश्लेषकहरु भने यो निर्णयले दुई छिमेकी देशबीचको सम्बन्धमा तनाव बढाउन सक्ने बताएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : ५९ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता