चिनियाँ कम्युनिष्ट पार्टीसँग गहिरो सम्बन्ध रहेको पाइएपछि हार्वर्ड विश्वविद्यालयको आलोचना बढ्दो « Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टीसँग गहिरो सम्बन्ध रहेको पाइएपछि हार्वर्ड विश्वविद्यालयको आलोचना बढ्दो


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) बीच गहिरो सम्बन्ध रहेको पाइएको छ । अमेरिकाको संसदीय जाँचबुझ समितिले गरेको छानबिनले यस्तो प्रारम्भीक निष्कर्ष निकालेको हो ।

इकोनमिक टाइम्सका अनुसार हालैको संसदीय छानबिनले विश्वविद्यालय र सीसीपीका विभिन्न निकायबीच दशकौँदेखि औपचारिक रुपमा निकट सम्बन्ध रहेको फेला पारेको छ । सीसीपी र विश्वविद्यालयबीच वित्तीय लेनदेन पनि भएको हुनसक्ने आशङ्का गरिएको छ ।

छानबिनबाट विश्वविद्यालयले चिनियाँ संस्थाहरूबाट प्राप्त गरेको रकम र त्यसरी प्राप्त भएको रकमको प्रयोगमा पारदर्शीताको कमी भएको भेटिएको छ । विशेषगरी, विश्वविद्यालयको अनुसन्धान कार्यक्रम र शैक्षिक गतिविधिहरूमा चिनियाँ सरकारको प्रभाव रहेको आशङ्का व्यक्त गरिएको छ । यससँगै आलोचकहरुले हार्वर्डको स्वतन्त्रता र शैक्षिक निष्पक्षतामाथि प्रश्न उठेको बताएका छन् ।

अमेरिकी सांसदहरूले यस्ता सम्बन्धहरूले राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने चेतावनी दिएका छन् । उनीहरूले विदेशी प्रभावलाई नियन्त्रण गर्न कडा नियमहरू लागू गर्नुपर्ने माग गरेका छन् । यता, हार्वर्ड विश्वविद्यालयले यी आरोपहरूको खण्डन गर्दै आफ्ना गतिविधिहरू शैक्षिक सहकार्य र अनुसन्धानको लागि मात्र सीमित रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : ४४ बजे

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास

बाढीको छ दिनपछि पनि त्रिशूली बजारमा उस्तै छ विनाशको पीडा (तस्बिरहरू)

नुवाकोट- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको छ दिनपछि पनि

जब रविसँग बालेनले भने : सुरुङमा फसेकाको उद्धार गर्न नसक्दा तनावमा छु

काठमाडौं- गत बुधबार भोटेकोशीमा आएको भीषण बाढीपछिको उद्धार प्रक्रियामा प्रश्न